कालीवहादुर मल्ल, कालिकोट । कर्णाली करिडोर खुलालु–सिमीकोट खण्डको करिब ७० किलोमिटरसम्मको सडक गाडी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको छ । हाल लालीघाटदेखि घाटपारीचौर सम्मको ३३ किलोमिटरमा गाडी संचालनमा रहेको अन्य ठाउँमा निर्माण कार्य पुरा भएको छ । भुक्काखोलाको भीर फोडेमा ७० किलोमिटरसम्मको सडक गाडी गुड्ने भएको हो ।
कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमीकोट सडकखण्डको ६६ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भएको नेपाली सेना निर्माण कार्यदलका इन्दीवर गुरुङ्गले बताएका छन । उनका अनुसार कालिकोटको लालीघाटदेखि घाटपारीचौर ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको छ । कर्णाली करिडोर अन्तर्गतको १ सय ९६ किलोमिटर सडकखण्डमध्ये खुलालु–सिमीकोट ६६ किलोमिटरमा गाडी सञ्चालन गर्न सकिने छ । भुक्काखोलादेखि तोलीभीरसम्म ४ किलोमिटर भीर फोड्न बाँकी रहेको छ ।
अहिलेसम्म ६६ किलोमिटर कार्य पूरा भएको छ । कर्णाली करिडोर निर्माण नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट रहेको छ । कर्णाली करिडोरको १ सय ४५ किलोमिटर खुलालुदेखि हुम्लाको सलिसल्लासम्म नेपाली सेनालाई निर्माण जिम्मा दिइएको छ भने सलिसल्लादेखि हुम्लाको सिमीकोटसम्म ५१ किलोमिटर सिमीकोट हिल्सा सडक आयोजनाको जिम्मा दिइएको छ । हिल्सा सिमिकोट सडकखण्ड पनि छोटिँदै कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ । ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आवत–जावत गर्न थालेका छन् ।
सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रिज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो। यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोामिटर मात्र गाडी गुड्ने गरेका थिए । हिल्सा सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको रहेको थापाले बताए। ‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि स्थानीय बासिन्दाका आधा दर्जन गाडी गुड्ने गरेको छ ।’ उनले भने, ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन् ।’











प्रतिक्रिया