बैतडीमा जीप दुर्घटना, जीप चालक बेपत्ता

0
Shares

विनोद सिंह विष्ट, बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत आईतवार साँझ बैतडीको सतबाँझ– गोठलापानी सडकखण्डमा जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी जीप चालक सुर्नया गाउँपालिका २ का दिपेन्द्र चन्द बेपत्ता भएका प्रहरीले जनाएको छ । मुस्याचौर बजारवाट सतबाँझतर्फ गईरहेको ना १ ज ३१६८ नं जीप साँझ साढे ७ बजे बल्लेजुणामा दुर्घटनामा परेको हो । सडकवाट २०० मिटर तल खसेको जीपका कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।