समाचारपत्र सहकर्मी सम्मानित

0
Shares

पाँचथर, (नेस)
पाँचथरको फिदिममा नेपाल समाचारपत्र दैनिकका पाँचथर संवाददाता गणेश साम्पाङलाई आइतबार फिदिम स्पोटिङ क्लबले सम्मान गरेको छ। अन्य विषयसँगै खेलकुद क्षेत्रमा कलम चलाएर जिल्लामा पुर्याएको योग्दानको उच्च मूल्याङ्कन गर्दै स्व. प्रजापति, जालपादेवी नेपाल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो।

फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको अवसर पारेर साम्पाङलाई नगद १० हजार सम्मानपत्रसहित कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले सम्मान गर्नुभएको थियो।

पाँच वर्षअघि फिदिमका व्यवसायी हरिप्रसाद नेपालको माता पिताका नाममा स्थापना भएको सो पुरस्कार पाउने वहाँ पाँचौं व्यक्ति हुनुहुन्छ। यो पुरस्कार गतवर्ष पत्रकार लक्ष्मी गौतमले प्राप्त गर्नुभएको थियो।