प्रहरीको गोलीवाट मारिएका म्यादीको अन्त्येष्टी



कालीवहादुर मल्ल, कालिकोट । प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नगरपालिका –२ का विवेक ऐडीको बुधबार अन्येष्टी गरिएको छ । म्यादी प्रहरीको सेवा सुविधा प्रहरीले कम दिएको भन्दै विरोध ¥यलीका क्रममा शुक्रवार प्रहरीले गोलि चलाउदा म्यादी प्रहरी एडिको मृत्यु भएको थियो ।
जिल्ला स्थित राजनीति दल, जनप्रतिनिधि, प्रशासन लगाएको सर्वपक्षीय टोलिले मृतक ऐडीका परिवारलाई भेटेर घटनामा देषिलाई कार्वाही गर्न पहल गर्ने, सहिद घोषणा गर्ने, राहतको व्यवस्था गर्नेका लागि सशक्त पहलगर्ने प्रतिवद्धता जनाए पछि लासको अन्त्यष्टी गरिएको हो ।
नेपाल सरकारबाट आएको उच्चस्तरिए छानविन समिति, क्षेत्रीय प्रशासन कार्यालयसँग समझदारी आधारमा लासको पोष्टमार्टम भने पुस ११ गते अस्पताल कालिकोटमा भएको थियो ।
राजनीति दलको प्रतिवद्धता पछि आफूहरुले शव बुझेर अन्त्येष्टि गरिएको मृतक बाबु हरिबहादुर ऐडीले बताए । ‘हामीले सरकारी पक्षसँगको भएको समझदारी अनुसार शव बुझेर दाहसंस्कार गरेका छौं’ उनले भने, ‘समझदारी कार्यन्वयन कसरी हुन्छ । त्यो हेर्न बाँकी नै छ ।’ मृतक ऐडीको सवयात्रामा सयौं जना मलामी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्