बालकोटमा ओली–दाहाल वार्ता, राष्ट्रिसभा गठनमा समान धारणा तय



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । निर्वाचनमा बाम गठबन्धनको विजयपछि ओली–दाहालबीच पहिलोपटक वान टु वान लामो वार्ता भएको हो । दुई नेताबीच नयाँ सरकार निर्माणका लागि देउवा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने, राष्ट्रियसभामा गठनका लागि निर्वाचन आयोगलाई तत्काल समानुपातिक सूची सार्वजनिक गर्न आग्रह गरिने र पार्टी समायोजन समितिको बैठक चाँडै बस्ने सहमति गरेका छन । पार्टी एकताका विषयमा बाहिर आएका कुरा हल्ला मात्र भएकाले त्यस्ता हल्लाको पछि लाग्न नहुने, जतिसक्दो छिटो पार्टी एकताको काम टुंग्याउनुपर्ने, नयाँ सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकालेका छन ।

प्रतिक्रिया दिनुहोस्