नेपाल–भारत सीमास्तम्भ मर्मत शुरु



नरेन्द्र केसी, दाङ । लामो समयदेखि जीर्ण बनेका नेपाल–भारत सीमास्तम्भ मर्मत गर्न शुरु गरिएको छ । नेपाल सरकार र भारत सरकारको संयुक्त प्राविधिक टोलीले सीमास्तम्भ मर्मतको काम सुरु गरेको हो ।
लामो समय सम्म सिमा स्तम्भ मर्मतको काम नहुदा इट्टा र सिमेन्टले वनाइएका स्तम्भ भत्कन शुरु गरेका थिए । कतै स्तम्भ पुरिएका छन् भने कतै भत्केर नचिनिने भएका छन् । नेपाल–भारत सीमामा पर्ने दाङ क्षेत्रमा स्तम्भ मर्मत शुरु गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
यसका लागि नेपाल र भारतको संयुक्त टोली परिचालन गरिएको छ । यो टोलीले सिमा स्तम्भ मर्मतको काम अघि वढाएको प्रमुख नापी अधिकृत बलराम पोख्रेलले जानकारी दिनुभयो । जोर नम्बर भएको सिमा स्तम्भ भारतको तर्फबाट र बिजोर नम्वर रहेका सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फबाट गरिने पनि उहाँले जानकार िदिनुभयो । मर्मत गर्दा संयुक्त प्राविधिक टोली भने सँगै रहनेछ ।

पूर्वमा कपिलवस्तु र पश्चिममा वाँकेको सिमानासम्म दाङ जिल्लामा ७७ वटा सीमास्तम्भ रहेका छन् । जसमध्ये ६७ वटा स्तम्भ पूर्णरुपमा जीर्ण भइसकेका छन् । ती सबै स्तम्भको मर्मत गरिने पोख्रेलले जानकारी दिनुभयो । ६०१ नम्वरको स्तम्भ पूर्णरुपमा बनाउने गरी भत्केको छ भने थप अर्काे स्तम्भ खोलाले वगाएको छ । यसको विवतरण नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले राखेको छ ।
सीमा क्षेत्रमा तिन प्रकारका स्तम्भ बनाइएको टोलीले जनाएको छ । मुख्य स्तम्भ जंगे पिलर, मध्यम खालको सहायक स्तम्भ र र सानो आकारको गरी तिन प्रकारको स्तम्भ रहेका छन् । दाङमा भने मुख्य र सहायक गरी दुई प्रकारका मात्रै सीमास्तम्भ छन् । मुख्य स्तम्भ ३७ वटा रहेकोमा ३२ वटा जीर्ण छन् । ४० वटा सहायक स्तम्भमध्ये ३५ वटा मर्मत गर्नुपर्ने अवस्थामा रहेको टोलीले जनाएको छ ।
दाङ जिल्लाभित्र ८३ किलोमिटर दूरीमा नेपाल–भारत सिमा क्षेत्र पर्छ । सीमास्तम्भ भित्कन थालेको लामो समय भए पनि मर्मत नहुँदा प्रायः सबै स्तम्भहरु भत्केको भौवानाका अगुवा श्यामबहादुर झाँक्रीले बताउनुभयो । अधिकांश सीमास्तम्भ इट्टाका टुक्रा खसेर भत्किएका छन् ।
नेपाल भारत सिमामा देउखुरी क्षेत्रको गढवा र राजपुर गाउँपालीकाका २२ वटा नाकाहरु पर्छन् । सिमा सुरक्षाका लागि स्थापना भएको नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सीमादेखि ३३ किलोमिटर वर पूर्वपश्चिम राजमार्गको अर्जुनखोलामा छ । शसस्त्र प्रहरीले कोइलाबासमा एउटा विओपी स्थापना गरेर सीमा सुरक्षा गर्दै आएको छ । भारतीय सिमा सुरक्षा बल एसएसवि पाँच÷पाँच किलोमिटरको दूरीमा रहे पनि नेपालको तर्फबाट भने ८३ किलोमिटरको दूरीमा एउटा मात्र सशस्त्र प्रहरी कार्यालय कोइलाबासमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्