संरक्षण अभियन्ताहरुले रानीपोखरी निर्माणक्षेत्रमा तालाबन्दी गरे



काठमाडौँ । रानीपोखरी संरक्षण अभियन्ताहरुले निर्माणक्षेत्रमा तालाबन्दी गरेका छन् । मंगलबार बिहान महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको अनुगमनपछि संरक्षण अभियन्ताले त्यहाँ तालाबन्दी गरेका हुन् । यसमा उपमेयर खड्गीसहित सम्पदाविद् र पुरातत्वविद्को समर्थन रहेको अभियन्ता आलोक तुलाधरले बताएका छन । तुलाधरले खड्कीको अनुगमनपछि उहाँको पनि समर्थनमा तालाबन्दी गरेको बताए । विश्वज्योति हल अगाडिको गेटमा तालाबन्दी गरिएको छ । पुरातत्व विभागको स्वीकृतिबिना नै मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरू गरेको भन्दै खड्की आन्दोलित बनेकी छिन ।

प्रतिक्रिया दिनुहोस्