पाँच बर्षभित्र नाम र कामको नगरपालिका बनाउछु : मेयर सापकोटा


अनिल खत्री, गुल्मी । मुसिकोट नगरपालिका गुल्मीका मेयर सोमनाथ सापकोटाले वडावासीबाट नाम मात्रको नगरवासी भएको तर अबको पाँच बर्षभित्र काम र नाम दुवैले नमूना नगरपालिका बनाएर छाड्ने दावी गरेका छन् । मुसिकोट नगरपालिका वडा नं. १ को थामडाँडा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गदै मेयर सापकोटाले अहिलेको समय राजनीतिक लडाई समाप्त भएको सबै पक्ष मिलेर देशको विकास र समृद्धिका लागि अगाडी बढ्नु पर्ने बताए ।
उनले नगरले विकास निर्माणका पूर्वाधार अन्तर्गत मोटरबाटो, खानेपानी, विद्युत, शिक्षासँगै स्वास्थ्य क्षेत्रलाई समेत जोड दिएर काम अगाडी बढाइएको समेत बताए । आगामी पाँच बर्ष भित्र सबै वडावासीहरुले आभास गर्ने गरी विकासका पूर्वाधारहरुले सम्पन्न बनाउछौं सापकोटाले भने ‘त्यसको लागी निरन्तर रुपमा अगाडी वढीरहेका छौं ।’
उनले सरकारी स्वास्थ्यचौकी सरह उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य उपचारका सेवा तथा सुविधाहरु अब शहरी स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य उपचारको सेवा सुविधा आफ्नै घरनजिकै आएकोले उक्क्त स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा र सुविधा लिन स्थानीवासिन्दालाई आग्रह गरे । उक्क्त स्थानमा स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारको लागि पनि टाढा टाढा गएर आफ्नो स्वास्थ्य उपचार गनुपर्ने बाध्यता रहेको थियो ।
नगरपालिकाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत थामडाँडा शहरी स्वास्थ्य केन्द्रको स्थापनासँगै स्वास्थ्य उपचार सुरु गरेको हो । थामडाँडामा स्वास्थ्य केन्द्र मार्फत अब भने झण्डै ४ सय घरधुरीका स्थानीय बासिन्दाहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य उपचारको सेवा लिने छन् । हाल केन्द्रमा १ अहेव र १ अनमी गरि २ जना स्वास्थ्यकर्मीले सेवा दिने नगर जनस्वास्थ्य संयोजक ढाल बहादुरजिसीले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।