डा. देवकोटाको स्वास्थ्य लाभको कामना



काठमाडौं, (नेस)
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा बेलायत भ्रमणकै क्रममा अकस्मात् बिरामी परेपछि किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, अस्पतालमा भर्ना हुनुभएको छ। उहाँको रोगका बारेमा यकिन जानकारी नभएको लन्डनस्थित दूतावासले जाएको छ।

भ्रमणकै क्रममा अकस्मात् बिरामी परेपछि देवकोटाको उपचार भइरहेको लन्डनस्थित दूतावास जानकारी दिएको छ। देवकोटाको रोगबारे भने यकिन बताइएको छैन। अहिले उहाँ सामान्य अवस्थामा रहनुभएको छ। सन् १९८९ मा बेलायतमा अध्ययनपछि देवकोटा नेपाल फर्किनुभएको थियो। शाही सरकारमा स्वास्थ्य, विज्ञान तथा प्रविधिमन्त्रीसमेत भएका डा. देवकोटा वीर अस्पतालको पहिलो न्युरोलोजिकल ट्रमा युनिटका संस्थापक हुनुहुन्छ। पछिल्लो समय उहाँ न्युरो हस्पिटल, बाँसबारीका सञ्चालक हुनुहुन्छ।

यता नेपालमा भने सर्वसाधारणदेखि चिकित्सकसमेत अन्योलको अवस्थामा डा. देवकोटाको स्वास्थ्य लाभको कामनासहित पशुपति मन्दिर अगाडि दीप प्रज्वलन गरेका थिए। वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल तथा उनकी पत्नी सरला रिजालको अगुवाइमा दीप प्रज्वलन कार्यक्रम भएको हो। डा. रिजालले हजारौं नेपाली बचाउने डाक्टर देवकोटा बिरामी भएको कुरा सार्वजनिक भएपछि शीघ्र स्वास्थ्य लाभको कामनाका लागि दीप प्रज्वलन कार्यक्रम गरिएको बताउनुभयो।

‘तर, केको उपचार हुँदै छ भन्नेबारेमा भने आफू पनि अनविज्ञ छु –उहाँले भन्नुभयो। यता नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. देवकोटाको उपचार भइरहेको हो तर कुन समस्या र कुन अवस्था भन्नेबारेमा मेडिकल भाषामा भन्नुपर्दा परिवारले कन्फिडेन्सिल राख्न पाउने अधिकारभित्र पर्छ अरूले अनुमानका भरमा बोल्न मिल्दैन भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्