मोतियाबिन्दु भएकाको निशुल्क शल्यक्रिया गरीदै



गणेश घिमिरे, इलाम । एकसय भन्दा बढी मोतियाबिन्दु भएकाहरुको शल्यक्रिया गर्ने उद्येश्यका साथ शोमबारबाट इलाम सदरमुकाम स्थित इलाम अस्पतालमा तीनदिने निशुल्क आँखा शिबिर सुरु भएको छ । बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा नेपाल नेत्रज्योति संघ इलामले आँखा शिबिरको आयोजना गरेको हो ।
शिबिरमा बिराटनगर आँखा अस्पतालका डाक्टर मनिष पाण्डेको नेतृत्वमा ६ जना स्वास्थयकर्मिको टोलिले सेवा दिइरहेका छन् । इलाम अस्पतालमा आखाँ शिबिर राख्नुअघि आयोजक नेपाल नेत्रज्योति संघले जिल्लाका साविकका पाँचवटा गाविसमा आँखाको स्किृनिङ शिबिर सञ्चालन गरेको थियो । साबिकका साँखेजुङ्ग, शान्तिडाँडा, सुम्बेक, बरबोटे र सोयाक गाविसमा सञ्चालन गरीएको स्कृनिङ्ग शिबिरबाट जम्मा ६० जना मोतियाबिन्दु भएका बिरामिहरु छनौट गरी उनीहरुलाई यस तीनदिने शिबिरमा शल्यक्रियाका लागि बोलाएको आयोजक संस्थाका सचिब बिष्णु कार्किले जानकारी दिए । मानवको संसार देखाउने अत्यन्तै संबेदनशिन मानिने आँखा भएकाले साना समस्या हुँदा झारफुकतर्फ नलागी आँखा उपचार केन्द्रमा आई आँखा जचाउन आयोजक संस्थाले आग्रह समेत गरेको छ ।
शिबिरमा मोतियाबिन्दुको शल्यक्रिया गर्ने बिरामिका लागि औषधि उपचार निशुल्क बितरण गरीनेछ । यसैगरी बिरामिको एकजना कुरुवाका लागि खाने बस्नेको ब्यबस्था आयोजकले गरेको संघकि सदस्य तथा शिबिर सञ्चालन समितिका संयोजक पूष्पा खनालले जानकारी दिइन् । शिबिरमा इलामनगरपालिका र माइजोगमाई गाउँपालिकाका बिभिन्न गाउँबाट आँखाका बिरामिहरु स्वास्थ्य जाँचको लागि आएका छन् । मोतियाबिन्दुको शल्यक्रियापछि जीवनको धेरै समय अन्धकारमा बसेकाहरुले अप्रेसनपछि संसार देख्ने अबसर पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्