पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव घाटामा



बाँके । नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव घाटामा गएको छ ।
मंसीर २८ देखि पुस ५ गते नेपालगञ्जमा सञ्चालन भएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा २० लाखजति घाटा भएको प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिनुभयो । ‘हामीले हिसाव गरिरहेका छौं, अझै ठ्याक्कै यत्ति नै भन्ने भएको छैन, लामिछानेले भन्नुभयो, २० लाखजति घाटा भएको छ ।’
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आयोजना गरेको महोत्सवमा ५७ लाख खर्च र साढे ३७ लाख आम्दानी हुने अनुमान गरिएको थियो । प्रचार प्रसार संयोजक लामिछानेका अनुसार, महोत्सवमा ६० लाख र ४० लाख आम्दानी भएको छ । स्थानीय निकायले केही सहयोग गर्ने प्रतिबद्धता गरेको र त्यो लिन बाँकी रहेको छ । ‘४÷५ लाख त स्थानीय निकायले दिन्छन् होला, बाँकी घाटा हामीले गोजीबाट व्यवहोर्ने हो, लामिछानेले भन्नुभयो, साथीहरुलाई भदौंमै मैले महोत्सवमा घाटा गएमा व्यक्तिगत रुपमा केही उठाउनु पर्छ है भनेको थिए ।’
नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएकाले पुस्तक प्रदर्शनी तथा महोत्सवमा स्थानीय संघ संस्थाले खासै सहयोग गरेनन् । स्टेशनरी व्यवसायीका अनुसार, पुस्तक प्रदर्शनीलाई स्थानीय संघ संस्थाले पत्याएनन् । नाफाका लागि भन्दा पनि पठन संस्कृतिको विकास गराउनका लागि र समाजलाई केही देखाऊ भनेर कार्यक्रम गरिएको व्यवसायीहरु बताउँछन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको महोत्सवको समापन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले गर्नु भएको थियो ।
२०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव २०६६ मा पुन ः बुटवल, २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाण्डौ, २०७३ मा दाङ हुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बा“केको नेपालगञ्जमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्