सिपालु शैलुनको फेरिएको सोंच: ‘सिप भएका मान्छेले नेपालमै कमाउन सकिन्छ !’



रामधन राई, खोटाङ । ‘सुचना केन्द्रले सूचना नदिएको भए मेरो यात्रा कठिन वैदेशिक रोजगारको हुन सक्थ्यो ।’ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित हेयर शैलुन पसल खोलेर बस्नु भएको ३१ बर्षिय अशोककुमार ठाकुरले पुराना दिन यसरी कहनुभयो–‘हामी बाबु–छोराले कमाएको पैसा सुनसरीतिर नै बस्नुहुने आमा र भाईबहिनीका लागि बेला–बेलामा पठाईरहन्थ्यौं । जेन–तेन घरपरिवार रामै्र चल्दै थियो ।’
खोटाङमा करिब सत्र बर्षदेखि शैलुन पेशा सम्हाल्दै आउनुभएका बावुछोरामध्ये छोरा अशोकले आफ्नो बिगत कोट्याउँदै जानुभयो–‘एक दिन एउटा एजेन्टसँग मेरो भेट भयो । एजेन्टले मलाई लोभ्याउँदै वैदेशिक रोजगारीबारे फ्रि भिषा फ्रि टिकटको मौका सुनाउँदै मेरो भलाईको कुरा गरे । उसै माथि राम्रो कम्पनिबाट माग भएर आएको छ भन्दै विभिन्न कसिमको प्रलोभन देखाए । म पनि लोभिएँ ।’
एजेण्टको मिठो कुरासँगै अशोकको आँखामा पैसा कमाएको र एकाएक धनी बनेको सपना झलझली आउन थाल्यो । ‘ मलाई त शिदेश हिँडिहाल्ने जोश चल्यो र जानको लागि तयारी पनि गर्न थालेँ ।’ उहाँ भन्नुहुन्छ –‘मेरो बावुले सूचना केन्द्रको बारेमा अगाडी नै थाहा पाउनु भएकोले गर्दा त्याहाँ जानुभएछ ।’ अशोकको बुवा सूचना केन्द्रमा पुग्नु नै अशोकको वैदेशिक रोजगारको बाटो टुट्नु साबित भयो ।
नेपालमा बसेर सोंचे जस्तो सजिलो विदेशमा नहुने कुराबारे सूचना केन्द्रले छर्लंङग बनाईदिएपछि अशोकका बुवाले छोरोलाई बिदेश नपठाउने निधोर गर्नुभयो । मेहनती तथा लगनशील बनेर काम गर्दै सही ढंगले बचत र लगानी गर्न सकेमा परिवारको साथमै बसेर पनि बिदेश भन्दा कम आम्दानी नहुने सूचना केन्द्रले सन्देश दिएका थिए ।
यही कुरा आफ्नो बावुले भनेपछि अशोकले नमान्नै कुरै भएन । भन्छन्–‘त्यसपछि आफुले गर्दै गरेको पेशालाई नै अझ ब्यवस्थित गरेर राम्रोसँग अगाडी बढाउने बिचार गरेँ ।’ अहिले पनि शोही पेशामा व्यस्त अशोक र उहाँको बुबाको कमाईको बचत मासिक ३० हजार रुपैंयाँ हुन्छ ।
अशोकको श्रीमति र एक छोरी छिन् । चाडपर्वको बेला बावुछोरा नै आफ्नो घरपरिवार भएको स्थान सुनसरी जानुहुन्छ । परिवारमा विरामी भएको खबर पाए तुरुन्तै भेट्न जानुहुन्छ । अन्त्यमा अशोक भन्नुहुन्छ–‘हामी हातमा सिप भएका मान्छेले नेपालमै बसेर केहि गर्नुपर्छ र गर्न सकिन्छ ।’
जिल्लामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगत बिभिन्न कार्यक्रम सञ्चालन हुँदै आएकोमा सूचना तथा परामर्श केन्द्र पनि एक रहेको छ । दिक्तेलबजारमा सञ्चालित केन्द्रले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी निःशुल्क सूचना तथा परामर्श दिनका साथै सीप तालिमको समेत ब्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्