गायिका रमिलाले किन भनिन ‘तल परिन्न’ (भिडियो)



अनिल खत्री, गुल्मी । लोक दोहोरी फरक खालको प्रस्तुति दिने क्रममा गायिका रमिला न्यौपाने र खुमन अधिकारीको सुमधुर स्वरमा नयाँ लोक दोहोरी भाका सार्बजनिक गरेका छन् । काम गर्ने मान्छे तल नपर्ने कथा बस्तुमा ‘तल परिन्न’ दोहोरी गीत एल्वम रमिला न्यौपाने र रामप्रसाद कँडेलले सार्बजनिक गरेका हुन् ।
छोरा मान्छेले गर्ने काम छोरी मान्छेले गर्न हुन्न भन्ने पुरानो मनो बिज्ञानलाई सन्देश दिन फरक खालको गीत बजारमा ल्याएको गायिका रमिलाले बताइन् । काम गर्न ठुलो सानो हुन्न काम गरेर खाने मान्छे सानो ठुलो भन्ने हुँदैन गायिका रमिलाले भनिन ‘अब नयाँ युग आयो काम गर्न ठुलो सानो भन्नु हुँदैन् ।’
काम गरेर खाने मान्छे कहिले पनि भोकै मर्नु पदैन् उनले भनिन ‘मनोरञ्जनसँगै सन्देश मुलक गीत हो,यसले समाजमा केहि सन्देश पनि दिन्छ ।’ गीतको म्युजिक भिडियोलाई गायक गायिका आफै ठटेउलि पारामा भिडियोमा प्रस्तुत गरिएको छ ।
खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रा ली बाट बजारमा आएको छ भने चर्चित निर्देशक प्रकाश भट्टले उक्त भिडियोमा निर्देशन गरेका छन् । राजेश घिमिरेको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्