इलाममा बिद्युत उत्पादन घट्यो



गणेश घिमिरे, इलाम । बिभिन्न खोलाहरुबाट बिद्युत उत्पादन गरीदै आएका इलामका खोलाहरु दिनदिनै घट्दै जान थालेको छ । खोलामा पानीको सतह घटेसंगै जिल्लामा बिद्युत उत्पादनमा समेत कमी आएको छ । बिद्युत उत्पादनमा कमिसंगै हिउँदमा लोडसेडिङ्ग हुनसक्ने संभावना बढेर गएको छ ।
चैत–बैशाख महिनासम्म खोलाको सतह अझ घट्ने भएकाले बिद्युत उत्पादन अझै घट्न सक्ने बिद्युत आयोजनाहरुले बताएका छन् । जिल्लामा निर्माण सम्पन्न भएका बिद्युत आयोजनाहरु सबै ‘रन अफ द रिभर’ किसिमको भएकाले हिउँदमा क्षमताभन्दा आधाकम बिद्युत उत्पादन हुने गरेको छ । बर्षायाममा काबेली करिडोर एकसय ३२ केभिए प्रसारण लाइनको सबस्टेशन इलाम नगरपालिका १० गोदक मार्फत ७१ मेगावट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएकोमा हिँउदको मंसिर तेस्रो सातादेखि २७ मेगावट मात्र उत्पादन भइरहेको छ । जिल्लामा सबैभन्दा बढी क्षमताको सानीमा माई हाइड्रोपावरले हाल दशमेगावट मात्र बिद्युत उत्पादन भइरहेको जनाएको छ । उक्त आयोजनाबाट बर्षायाममा ३० मेगावट बिद्युत उत्पादन हुदै आएको थियो ।
यसैगरी १८ मेगावट क्षमताको अपरमाई हाइड्रोका दुबै बिद्युत गृहबाट हाल ६ दशमलब १८ मेगावट बिद्युत उत्पादन भइरहेको छ । पाँच मेगावट क्षमताको जोगमाई हाइड्रोले दुई दशमलब पाँच किलोवाट बिद्युत उत्पादन गरीरहेको छ । इलाम पुवाखोला आयोजनाबाट ३ दशमलब १५ मेगावट बिद्युत उत्पादन भइरहेको आयोजनाले जानकारी दिएका छन् । पाँचथर र ताप्लेजुङ्गका जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युत भने प्रशारण लाइनमा नहुँदा राष्ट्रिय प्रशारणमा कमै मात्रा पुग्ने गरेको छ । हेवा खोलाबाट उत्पादित बिद्युत इलाम पाँचथर ३३ केभि प्रशारण लाइन मार्फत राष्ट्रिय प्रशारणमा जोडिएको छ । ३३ केभिमा क्षमता नभएपछि न्यून मात्रामा बिद्युत केन्द्रिय प्रशारणमा जोडिएको हो ।
हेवा खोला, जोशि हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरबाट उत्पादित बिद्युत इलामको तिल्केनी सबस्टेशन मार्फत हाल करिब ६ मेगावट मात्र गोदक सबस्टेशनमा प्रशारण भइरहेको बताइएको छ । इलामदेखि पाँचथर अमरपुरसम्म कावेली प्रसारण लाइनको दोस्रो तेस्रो खण्ड निर्माणधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्