म्यादी हत्या घटनाको उच्च स्तरिय छनविन कार्य सरु



कालीवहादुर मल्ल, कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रास्कोट नगरपालिका–२ का विवेक ऐडीको घटना छनविन समितिले सोमबार जिल्ला सदरमुकाम पुगेर आफ्नो कार्य कुरुवात गरेको छ ।
गृह मन्त्रालयका सहसचिव मानवहादुर विकको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल,शसस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआइजी लक्ष्मण गुरुङ सहितको उच्चस्तरिय टोलि घटना छानविनका लागि कालिकोट पुगेको हो । टोलिले प्रारम्भीक चरणमा पीडित पक्षसँग छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गरैरेले वताए ।
आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २५ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको पुस ७ गते मृत्यु भएको थियो । म्यादी प्रहरी मृतकका आफन्त र स्थानीयले परिवारलाई क्षतिपुर्ति दिनु पर्ने,मृतकलाई सहिद घोषणा,गोलि चलाउने र आदेश दिनेलाई कारवाहीको माग गर्दै लगातार आन्दोलन गर्दै आएका छन ।
आन्दोनवाट जिल्लामा शान्ति सुरक्षमा खल्ल पुग्ने भन्दै स्थानीय प्रशासनले सोही दिनवाट सदरमुकाम क्षेत्रमा कफर््फु लगाउदै आएको थियो । छानविन टोलि पुगेपछि कफर््यु हटाईएको प्रमुख जिल्ला अधिकारी गैरेले वताए ।

प्रतिक्रिया दिनुहोस्