सल्यानमा एसईई को परिक्षा केन्द्र निर्धारण



सरिता चलाउने, सल्यान । माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागी सल्यानमा परिक्षा केन्द्र निर्धारण गरिएको छ । चैत ८ गतेदेखि सञ्चालन हुने परिक्षाको लागी जिल्लामा २३ वटा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । नियमित तर्फ २२ वटा केन्द्र तोकिएको छ भने १ वटा एक्जाम्टेड तर्फ तोकीएको कार्यालयले जनाएको छ ।
एक्जाम्टेड तर्फको लागी त्रिभुबन माबि भोटेचौरलाई केन्द्र तोकीएको छ । एक्जाम्टेड बिधार्थीको लागी प्रश्नपत्र फरक आउने भएकाले केन्द्र पनि छुटै निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी देबि प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
यसैगरी जिल्लामा अर्को नयाँ केन्द्र तोकीएको छ । नारायन माबि स्वीकोटलाई हटाएर बन्गाड क्याम्पसलाई नयाँ केन्द्र तोकीएको सुबदीले बताउनु भयो । सबै लाई पायक पर्ने र सहज हुने उदेश्यले बन्गाड क्यामपसलाई केन्द्र तोकीएको उहाँले बताउनु भयो । जिल्ला बाट चार हजार ८ सय ७० जना बिधार्थीले माध्यमिक शिक्षा (एसईई) परीक्षामा भाग लिदै छन । नियमित तर्फ चार हजार ६ सय ५१ जना परिक्षर्थी रहेका छन भने एक्जाम्टेड तर्फ २ सय २६ जना परिक्षार्थी रहेका छन । गतबर्ष ५ हजार १ सय ९६ परिक्षार्थी रहेका थिए ।
गत बर्षको तुलनामा यसबर्ष परिक्षार्थी कम रहेका छन । गत बर्ष खुल्ला बिद्यालय बाट अडाई सय परिक्षार्थी रहेकोमा अहिले भने ३० जना मात्र रहेका छन । गतबर्ष परिक्षामा निगरानी बढाईएको कारणले खुल्ला बिधार्थीको सङख्या र एक्जाम्टेड बिधार्थीको सङख्या घटेकोले गत बर्षको तुलनामा भन्दा अहिलेको तुलनामा परिक्षार्थीको सङख्या घटेको हुन सक्ने कार्यालयको अनुमान रहेको छ ।
चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
त्यस्तै चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुनेछ । बोर्डले संस्कृत तथा प्राविधिक धारका विषयहरुको परीक्षा पनि चैत ८ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्नेगरी तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्