दशकौं अघिका बाजागाजा तथा सिक्काहरुको प्रदर्शन



गणेश घिमिरे, इलाम । बढ्दो आधुनिकिकरणसंगै पछिल्लो पुस्ताहरुले पुराना सामाग्री र संस्कृतिलाई बिर्र्सदै गएका छन् । यसैलाई मध्यनजर गर्दै इलाम सदरमुकाममा शनिबारबाट शैक्षिक तथा साँस्कृतिक प्रदर्शनि सुरु भएको हो । लोप हुन लागेका पुराना बस्तु तथा पुराना संस्कृति जगेर्ना र नयाँ पुस्तालाई बिभिन्न क्षेत्रको ज्ञान दिलाउने उद्येश्यका साथ सदरमुकाममा रहेको जुविलेन्ट इलाइट एकाडेमी बोडिङ्ग स्कूलले आफनो बिद्यालयको बार्षिक उत्सवको अवसरमा दुईदिने प्रदर्शनिको आयोजना गरेको हो ।
नेपालको कला, संस्कृति, जातजाति, बसोबास, भेषभूषाहरु कस्ता छन् भन्ने कुरालाई आँखै अगाडी देखाउन सक्नेगरी त्यस किसिमको स्टलहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनिमा हिमाल, पहाड, तराईमा बनाइने घर, उनीहरुको बसोबासको अवस्था, जातीय भेषभूषाहरु प्रदर्शनिको माध्यमबाट आँखै अगाडीबाट नियाल्न सक्ने गरी स्टलहरु राखिएको छ । बिद्यालयका प्रिन्सिपल भूषान्त सुब्बाले बिद्यार्थीलाई सैद्धान्तिक शिक्षणविधि भन्दा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्येश्यले यस किसिमको प्रदर्शनिको आयोजना गरेको बताए । ‘किताबमा विद्यार्थीले पढेका कुरालाई प्रदर्शनी मार्फत प्रत्यक्ष रुपमा देख्न पाएका छन्’ सुब्बाले बताए ।
प्रदर्शनीमा सुनुवार, ब्राम्हण, नेवारी, शेर्पा, राई÷लिम्बू जातजातिको खानेकुराहरु स्टलमा छन् भने, नेपाली, अँग्रेजी, साहित्य बिषयका स्टलहरु प्रदर्शनिमा राखिएको छ । यस्तै गणित, बिज्ञान तर्फ बिद्यार्थीले निर्माण गरेका सामाग्रीहरु स्टलमा छन् । यसैगरी प्रयोग गरेर फालिएका बस्तुहरुको पुन प्रयोग कसरी गर्न सकिन्छ भन्ने देखाउन त्यसबाट बिभिन्न सामाग्रीहरु निर्माण गरेर प्रदर्शनिमा राखिएको छ । प्रदर्शनीमा जातिय गरगहना, जातिय पोशाक तथा लोप हुन लागेका दशकौं अघि देखिको बाजागाजा, प्रयोग गरिएका पौराणिक भाडावर्तन र एकसय भन्दा बढी देशका पैसाका साथै सन् १८३१ देखिका सिक्काहरु राखिएको छ । बिद्यालयले दुईमहिना सम्म मेहनत गरेर यस्ता किसिमको सामाग्रीहरु जुटाएको थियो ।
प्रदर्शनिको उद्घाटनमा लोप हुन लागिसकेको थकालि, संगिनी, नेवारी, च्याब्रुङ्ग, साकेला र सन्थाल नृत्यहरु प्रस्तुत गरेका थिए । ‘हाम्रो संस्कृति हाम्रो गौरव’ भन्ने नाराका साथ बिद्यालयको बार्षिक उत्सवमा प्रदर्शनि सुरु भएको छ । यस किसिमको कार्यक्रमले कला संस्कृतिको संरक्षण संम्बद्र्धन, बिद्यार्थीहरुमा बाहिरी ज्ञानको क्षमता, हिमाल–पहाड–तराईका मानिसबीच एकताको भवनालाई मजबुद बनाउन सघाउ पुग्ने आयोजक बिद्यालयका सञ्चालक दिपराज आङदाम्बेले बताए । उनले भने, ‘ इलामको पर्यटन बिकासमा पनि सघाउ पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्