दिप्रुङ गाउँपालिकाका १४ जनप्रतिनिधिको सामुहिक राजिनामा



रामधन राई, खोटाङ । खोटाङस्थित दिप्रुङ गाउँपालिकाको केन्द्र राख्ने स्थानका बिषयमा बिवाद हुँदा तीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । दिपु्रङडाडाँको रोशाभञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको नाराङगा भन्ने अर्कोतर्फबीच कुरा नमिलेपछि डाडाँगाउँ नभए नाराङगाको अडान लिने समुहले राजिनामा दिएका हुन् ।
७ वटा वडा रहेको पालिकाको केन्द्र डाडाँगाउँ वा स–छितापोखरी–५ नाराङगामा नै राख्नुपर्ने अडान लिँदै आएका दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री, वडा नं.–२ डाडाँगाउका वडाध्यक्ष भिम बहादुर खत्री र टेम्मा ७ का वडाध्यक्ष धन बहादुर मगरले राजिनामा दिएका हुन् । असन्तुष्ट अवाध्यक्षसहित सहित १४ जना जनप्रतिनिधिले शुक्रबार साँझ पालिका प्रमुख भुपेन्द्र राई समक्ष सामुहिक राजिनामा दिएका हुन् ।
गाउँपालिका केन्द्रका लागि ४ वडा रोशाभञ्ज्याङ र ३ वडा डाडाँगाउँ नभए स–छितापोखरीको नाराङगाका पक्षमा उभिएपछि बिहिबारदेखि शुरु गरिएको सभा स्थगित गरिएको जनाईएको छ । स्थानिय सरकार शासन सञ्चालन सम्बन्धि ऐन २०७४ अनुसार पालिकाको केन्द्र र नाम ६ महिनामा टुङगो लगाईसक्नु पर्ने प्रावधान छ ।
केन्द्रको लागि बसेको दुईदिनको सभा टुङगोमा नपुगी चरम बिवादित भएपछी पुस १० सम्मका लागि सभा स्थगित गरिएको पालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो । कानुन अनुसार पुस अन्तिममा केन्द्रको टुङगो लगाईसक्नुपर्ने छ । प्रमुख राईको अनुसार अन्तिम समयसम्म राजनीतिक दल, असन्तुष्ट पक्षलाई समेट्न ब्यापक प्रयास गरिनेछ । सहमतीमा नआए विधि र प्रक्रियामा नै केन्द्रको टुङगो लगाईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्