आगलागिमा पशुचौपाया सहित ५ लाखको क्षती, २ जना घाईते



शिवहरीप्रसाद भट्टराई, राजविराज । सप्तरीको बलान–बिहुल गाउँपालिकामा शनिवार विहान भएको आगलागिमा परि ५ थान पशु चौपाया सहित ५ लाख भन्दा वढिको क्षती भएको छ । आगो निभाउने क्रममा २ जना घाईते भएका छन् ।
वडा नं. २ का राजीया यादवको गोठमा वालेको घुरवाट विहान करिव ४ वजे सुरु भएको आगलागिमा परी उनको र जोगिन्दर यादवको घर तथा गोठ पुर्ण रुपमा क्षती भएका छन् । दुवै जनाको गोठमा रहेका ५ थान वाख्रा समेत जलेर मरेको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जानकारी दिए ।
आगो निभाउने क्रममा राजिया र उनकी वुहारी वविता घाईते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । स्थानीवासीको सहयोगमा करिव १ घण्टापछि आगो नियन्त्रणमा आएको अध्यक्ष गोईतले जानकारी दिए ।
गाउँपालिकाकै सहयोगमा घाईते तथा पशुचौपायको उपचार भईरहेको जानकारी दिदै उनीहरुको अस्थाई वसोवास र तत्कालको खानाका लागि पनि गाउँपालिकाले ब्यवस्था मिलाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्