पत्रकार महासंघ गुल्मीमा सृजनशिल शाखा स्थापना



अनिल खत्री, गुल्मी । नागरिकले सजिलै संग सूचना प्राप्त गरुन भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ गुल्मीमा सृजनशिल शाखा स्थापना गरिएको छ । एकिकृत ग्रामिण विकास समाजद्धारा संचालनमा रहेको पारस्परिक जवाफदेहिता परियोजनाले पत्रकार महासंघ गुल्मीमा शाखाको स्थापना गरेको हो ।
सृजनशिल शाखाको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका छन् । शाखाको उद्घाटन गर्दै भुसालले अहिलेको युग सुचना र प्रविधीको भएकाले नागरिकलाई सुसूचित गराउन सृजनशिल शाखा र महासंघले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गरे ।
परियोजनाले सृजनशिल शाखालाइ इन्टरनेट, एक थान डेस्टप कम्प्युटर, टेवल, कुर्ची र केहि व्यावस्थापकीय सहयोग गरेको छ । सरकारी सेवा सुबिधाको जानकारी र सुचनाको हक सम्बन्धी जानकारी जनताहरुलाई गराउन पत्रकार महासंघका सृजनशिल शाखा स्थापना गरिएको परियोजना संयोजक हिरा कुवंरले बताइन् ।
यु.एस.ए.आई.डीको आर्थिक सहयोग र एफएचआई ३६० र एकीकृत ग्रामीण विकास समाजको सहकार्यमा गुल्मीमा परियोजना लागु भएको छ । परियोजनाले जिल्लामा सुशासन र जवाफदेहिता प्रर्बधनका निम्ती शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्