किमको जन्मदिन गायब



सोल, (एजेन्सी)
विश्वको महाशक्ति अमेरिकालाई चुनौती दिँदै आइरहेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको जन्मदिन उनकै देशको क्यालेन्डरबाट गायब भएको छ। उत्तर कोरियाको नयाँ वर्षका लागि जारी गरिएको क्यालेन्डरमा किम जोङको जन्मदिन उल्लेख गरेको छैन। किमको जन्मदिन जनवरी ८ मानिन्छ। तर उत्तर कोरियामा सन् २०१८को क्यालेन्डरमा उक्त दिन सामान्य कार्यदिवसका रूपमा देखाइएको टोक्यो ब्रोडकास्टिङ सिस्टमले जनाएको छ। किम जोङका पिता किम जोङ इलको जन्मदिन हरेक वर्ष फेब्रुअरी १६ लाई साइनिङ स्टार दिनका रूपमा मनाइने गरेको छ।

प्रतिक्रिया दिनुहोस्