‘मुलुक संक्रमणकालको अन्तयसंगै नयाँ युगमा प्रवेश’



फिरोज सिद्दिकी, सिरहा । मुलुकमा संक्रमणकालको अन्तय भैसकेको छ अब विकासको चरण सुरभई नयाँ यूगमा प्रवेश गरेको पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बताउनु भएको छ ।
शुक्रबार सिरहाको लहानमा आयोजित अर्बुद रोग निवारण संस्थाको २७औं केन्द्रिय सभाको समूदघाटन समारोहा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका पूर्व मन्त्री पोखरेलले आन्दोलन र राजनीतिक अधिकारको चरण समाप्त भैसकेको छ, विकास र समृद्धिको चरण सुरुभैसकेकोले जनताले स्वास्थ्यको मौलिक अधिकारको प्रत्याभूति गरउन नयाँ सरकारले नयाँ यूगको थाल्नी गर्ने बताउनु भएको हो ।
जीवन पद्धति, पर्यावरण र सुर्तिजन्य पदार्थले स्वास्थ्यमा पारेको नकारात्मक असर हटाउन सरकारले थालेको अभियानमा सवैले सहयोग गर्नुपर्ने धारणा राख्दै अब बन्ने सरकारले शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने सुझाव समेत राख्नुभयो ।
दुई नम्वर प्रदेश विकास, शिक्षा र चेतनाको हिसावले विकट कर्णाली भन्दा पनि पछाडि रहेको जिकिर गर्दै यस प्रदेशको विकासको लागि राज्य, निजी क्षेत्र लगायत सवै सरोकारवालाहरु हातेमालो गरेर अघि वढनुपर्ने बताउनु भयो ।
चुनावको नतिजा सार्वजानिक भैसकेकोले प्रधानमन्त्री शेरवाहादुर देउवाले नयाँ सरकार निर्माणको लागि वाटो प्रशस्त गरिदिन अनाकानी गर्न नहुने आग्रह गर्दै अब बन्ने नयाँ सरकारले गणतन्त्र, संघियता, समावेशिता, धर्मनिरपेक्षता र संविधानमा रहेको मौलिक हक जनतालाई प्रत्याभूति हुने गरी काम गर्ने धारणा राख्नुभयो ।
नेपाल आर्बुद रोग निवारण संस्था, सिरहा शाखाका अध्यक्ष अशोक अमात्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आर्बुद रोग निवारण संस्थाका पूर्व अध्यक्ष जित वाहादुर श्रेष्ठ, सारडा ग्रुपका पवन सारडा, लहान नगरपालिकाका मेयर मुनि साह लगायतकाहरुले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्