समानुपातिक तर्फ सात प्रदेशमा कुन दलले कहाँ कति सिट पाए ?



काठमाडौं । मंसिर १० र २१ गते गरी दुर्इ चरणमा भएको प्रतिनिधि र प्रदेश सभा समानुपातिक तर्फ मत पाउनेमा नेकपा एमाले पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो भएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रदेश सभामा दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ ।

१ नम्बर प्रदेशमा नेकपा एमालेले १५ सिट जितेको छ । नेपाली कांग्रेसले १३ सिट जित्दा माओवादी केन्द्रले पाँच सिट मात्र जितेको छ । यस्तै संघीय समाजवादी फोरमले २, राप्रापाले १ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट जितेका छन् ।

४३ सिट रहेको प्रदेश २ नम्बर प्रदेशमा कांग्रेसले ११ सिट जितेको छ । राजपाले १० सिट, संघीय समाजवादी फोरमले ९ सिट एमालेले ७ सिट जितेको छ । यस्तै माओवादी केन्द्रले ५ सिट र संघीय समाजवादी पार्टीले १ सिट जितेको छ ।

तीन नम्बर प्रदेशमा एमालेले १६ कांग्रेसले १४, माओवादी केन्द्रले ८ सिटमा विजयी भएको छ । यस्तै विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । राप्रपाले १ सिट जितेको छ।

प्रदेश नम्बर ४ मा एमालेले १० सिट कांग्रेसले ९, माओवादी केन्द्रले ३ सिटमा विजयी भएको छ । यो प्रदेशमा नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चाले १–१ सिट जितेका छन् ।

प्रदेश नम्बर ५ मा एमालेले १३ सिट जितेको छ । जहाँ कांग्रेसले १२ माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २ र राजपाले १ सिट जितेका छन् ।

प्रदेश नम्बर ६ मा समानुपातिकतर्फ एमालेले ६, कांग्रेसले ५, माओवादी केन्द्रले ४ सिटमा विजयी हाँसिल गरेको छ ।

यस्तै समानुपातिक तर्फ २१ सिट रहेको प्रदेश नम्बर ७ मा कांग्रेस र एमालेले ८–८ सिटमा विजयी हाँसिल गरेका छन् भने माओवादी केन्द्रले ४ र राजपाले १ सिट पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्