छाउपडी र बालविवाह न्यूनिकरण गर्ने प्रतिबद्धता



हिक्मत नेपाली, दैलेख । आठवीस नगरपापलिकामा निर्वाचित जनप्रतिनीधि र सरोकारवाला निकायहरुले बाल विवाह र छाउपडि प्रर्थाको न्यूनिकरण गर्ने प्रतिबद्धता गरेका छन् । दैलेखको दुर्गम नगरपालिका मानिएपनि आर्थिक उपार्जनको प्रसस्त संभावना बोकेको आठवीस नगरपालिकाको स्थानीय सरकार र जनताहरुले यस ठाउँमा देखिएको छाउपडी र बालविवाह न्यूनिकरण गर्ने साझा प्रतिबद्धता गरेका हुन् ।
यहाँ काम गर्दै आएका बिभिन्न संघ संस्थाहरुले डेढ बर्ष अघि यस क्षेत्रका सवै गाविसहरुलाई छाउपडी मुक्त गाविस घोषणा गरेको भएपनि त्यसको व्यवहारत कार्यान्वयन नभएकोले आठवीस नगरपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अवको एक बर्ष भित्र सवैले मिलेर पुर्ण कार्यान्वयनमा लाग्ने प्रतिबद्धता गरिएको हो ।
स्थानीय जनताहरुले नगरपालिकाबाट पाएको सेवा सुविधा सँगै सिमान्तकृत समुदायको बजेटमा पहुँचका बारेमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका भित्र रहेका हरेक बिकासका गतिविधिहरुलाई आठवीस गनरपालिकाले पारदर्शी ढंगले काम अगाडी बढाउने र गाउँमा हुने हरेक बिकास गतिविधिहरुमा स्थानीय जनताहरुले खवरदारी गर्ने, मुलुकका बिभिन्न स्थानका मानिसहरु मुगु जिल्लामा पर्ने रारा घुम्न आउने पर्यटकहरुको बास बस्ने मुख्य स्थानका रुपमा रहेको राकमर्णाली बजारलाई पर्यटकिय आर्कषणको रुपमा बिकास गर्ने, मदिरा नियन्त्रण गर्ने, बजार सरसफाई अभियान थाल्ने लगायतका साझा प्रतिबद्धताहरु भएका छन् ।
केन्द्र सरकारले पहिलो चौमासिक अवधिमा आएको बजेटको बिभिन्न बिषयगत कार्यालयहरुको खर्चको पुर्ण बिवरण नदिएका कारण दोस्रो चौमासिक अवधि अगावै पुनः बजेट संशोधन गरेर बिषयगत कार्यालयहरुको बिकासमा खर्च गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
आठवीस नगरपालिका दैलेखको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण धमाका दैनिक दैलेखले गरेको थियो भने डि.सि.ए., सेभ द चिल्डेन, सामाजिक सेवा केन्द्र सोसेको आर्थिक सहयोगमा सुनुवाई सम्पन्न गरिएको हो ।
आठवीस नगरपालिकाको राकम कर्णाली लगायतका बिभिन्न बस्तिहरुमा अहिलेपनि महिलाहरु छाउगोडमा बस्नुपर्ने बाध्यतामा छन् । परम्पारगत कुरिती र कुसंस्कारका कारण कतिपय महिलाहरु मृत्युको मुखमा पर्ने गरेका छन् । कुल देवता रिसाउने भन्दै महिलाहरु महिनावारी हुँदा एक सातासम्म घर बाहिर छाउगोठमा बस्नुपर्ने, पोषिलो खानेकुरा खान नपाउने समस्या समाधानका लागि स्थानीय सरकार र आम नागरिकहरु मिलेर काम थाल्नुपर्ने आठवीस नगरपालिका दैलेखका प्रमखु खड्गराज उपाध्यायले जानकरी दिएका छन् ।
जिल्ला समन्वय समिति दैलेखका संयोजक प्रेम थापाले कुरिती र कुसंस्कारका रुपमा रहेको छाउपडी पर्था, बाल बिवाह, महिला हिंसा लगायतका बिषयहरुमा जिल्लाभरका ११ वटै स्थानीय तहका प्रमुखहरु सँग समन्वय गरेर अभियानकै रुपमा थालनी गर्ने र जिल्लाभर यस्ता समस्या हुन नदिनका लागि सुरक्षा निकाय, आम नागरिक र स्थानीय सरकारले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा बिभिन्न गैर सरकारी संघ सस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । १ सय ५० जना स्थानीय नागरिकहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्