आगलागीमा परी घाइते भएका थप एक कर्मचारीको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
आगो निभाउने क्रममा घाइते भएका वीरगन्ज महानगरपालिकाका अग्नी नियन्त्रक सञ्जीव नेपालको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले घाइते नेपालको मृत्यु भएको पुष्टि गरेका छन् ।
नेपाललाई उपचारका लागि भक्तपुर लगिएको थियो । यो सँगै वीरगन्जको सुपर ग्यास उद्योग आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्