कालिकोटमा तनाव, टाउकोमा गोली हानी म्यादी प्रहरीको हत्या



कालिकोट । कालिकोटमा प्रहरी र म्यादीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

म्यादी प्रहरीले तलब सेवा सुविधा कम भएको भन्दै आन्दोलन गरेपछि भएको झडपमा कालिकोट रास्कोट नगरपालिका–२ का विवेक ऐरीको निधन भएको छ । ऐरीको टाउकोमा गोली लागेको छ ।

आक्रोशित म्यादी प्रहरीले स्थानीय प्रहरी विट तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन  ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्