‘म्यादी प्रहरी बनेर श्रीमानको आत्मालाई शान्ति दिलाएँ’



दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवा घर भएकी ४७ बर्षिय लिलादेवी के.सीलाई जीवनमा एउटै धोको थियो आप्mना श्रीमानले छोडेर गएको जिम्मेवारी कसरी पूरा गर्ने ? र त्यो जिम्मेवारी थियो प्रहरी बनेर देशलाई थोरै न थोरै योगदान दिने ।
जब प्रदेश र प्रतिनिधि सभाका लागि उनी म्यादी प्रहरी बनेर शुक्रबार बिदाई भईन उनका आंखाभरी आँशु छचल्कीए र रुँदै प्रमाणपत्र बुझेर म्यादी प्रहरीबाट बिदा भईन । देशको लागि सेवा गर्दागर्दै तत्कालिन शसस्त्र युद्धका क्रममा उनका श्रीमानको मृत्यू भएपछि उनलाई लाग्यो आप्mनो श्रीमानले लिएको देश सेवाको अठोट काम पूरा भएको छैन । त्यसैले उनलाई लागेको थियो छोराछोरीलाई भएपनि प्रहरीमा भर्ती गराएर श्रीमानको आत्मालाई शान्ति दिलाउनै पर्छ । बिदाई क्रममा प्रमाणपत्र बुझेर मञ्चको छेवैमा बसेर टोलाईरहेकी उनले बल्ल बल्ल बोली फुटाउँदै भनिन, “आज मलाई आनन्द आएको छ । प्रहरीमा काम गरेको भनेर प्रमाण पत्र बुभ्mदा मन धान्नै सकिन । मेरो श्रीमान भैदिएको भए कस्तो हुन्थ्यो ? आज फेरि यो प्रमाणपत्रले उहांकै याद आयो ।”
बिदाई हुने लाईनमा बसेकाहरु कोही रहरले त कोही बाध्यताले म्यादी प्रहरीमा आएका थिए । पर्वतकै फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीका गणेश बि.क.लाई पनि बच्चैदेखि प्रहरी औधि मन पर्दथ्यो । ठूलो भएर प्रहरी बन्ने सपना साँचेका उनको सपना पूरा हुन नपाएपछि म्यादी प्रहरी बनेर भएपनि प्रहरी बर्दीमा सजिन पाउँदा आँपूm साँच्चैको प्रहरी बनेर काम गरेको जस्तो भएको बि.क.को अनुभव छ । उनी भन्छन, “भर्ती हुन सकिएन बिदेश थिएँ । प्रहरीमा जागिर खाने धोको मेटाउन र देशको सेवा गर्न म्यादीमै भएपनि भर्ती भएँ । अब त चुनाव ५ बर्षपछि रे । फेरि पनि आउनुपर्ला, अब त फेरि बिदेशै जाने हो ।”
बिदाईको लाईनमै बसेका कुश्मा नगरपालिका ५ घर भएका ५० बर्षिय दुर्गा बहादुर क्षेत्री पनि म्यादी बन्न पाएकोमा मख्ख रहेछन । प्रहरीको भेषमा देशको सेवा गर्न पाउँदा आनन्द मिलेको उनले सुनाए । तर उनलाई कतिपयले म्यादी प्रहरी भनेर हेपेको देख्दा भने दुःख लागेको रहेछ । उनले भने, डिमुवा चौकीमा बसेर चेकीङ गर्दै थियौँ, त्यही बेलामा म्याग्दीका ठूलै मान्छे गाडीमा आएका रहेछन । मैले सवारीका कागजपत्र माग्दा २ महिने म्यादीले नि यस्तो गर्ने ? भनेर थर्काए अनि प्रहरीले उनलाई पक्राउ गरेर २ घण्टा सम्म राख्यो र जरीवाना गरेर पठायो ।” अरु बेला बजारमा हिँड्दा पनि कतिपयले म्यादी प्रहरी भनेर होच्याउने गरेको अनुभव क्षेत्रीसंग रहेछ ।
बिदाईको लाईनमा बसेका धेरै जसो पाका उमेरका म्यादी प्रहरीहरुले अबका दिन घरकै काम गरेर बिताउने बताए भने युवा पुस्ता धेरैले आँपूmहरु बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको जानकारी दिए । प्रदेश र प्रतिनिधि सभाको लागि पर्वत जिल्लामा ९४ महिला र ६ सय ७० पुरुष गरी कुल ७ सय ६४ जना म्यादी प्रहरी भर्ती गरिएको थियो । उनीहरु सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले कार्यक्रमको आयोजना गरी टिका र प्रमाण पत्र प्रदान गरेर औपचारिक बिदाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्