आइजिपी बनाइ पाउँ भन्ने जयबहादुर चन्दको मुद्दा आज पनि सर्यो



काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक पदमा आफ्नो नियुक्ती सदर गरी पाउँ भन्ने तत्कालीन डिआइजी हालका एआइजी जयबहादुर चन्दको मुद्दामा सार्वेच्चमा अदालतमा आज पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको संयुक्त इजलाश तोकिएको मुद्दा हेर्न नभ्याइनेमा चढेको छ । आइजिपीमा सिफारिस भएर पनि फुली लगाउनै नपाइ सर्वोच्चले उनको सिफारिसमा कार्यान्वयनमा रोक लगाएको थियो । प्रतिस्पर्धी नवराज सिलवाललाई कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोपमा अनुसन्धान फैसला सुनाएको भोलिपल्ट पेशी परे पनि हेर्न नमिल्ने हुँदै सरेको उक्त रिट आज पनि हेर्न नमिल्ने सूचीमा गएको हो । मुद्दामा नवराज सिलवाल, प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय, आइजिपी प्रकाश अर्याल लगायतलाई विपक्षी बनाइएको छ । रिट यसअघि मंसिर २७ गते हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पेशी परेपछि सुनुवाइ हुन पाएको थिएन । प्रतिस्पर्धीहरु सिलवाल र अर्यालले हालेको रिटमा एकैपटक फैसला गरे पनि चन्दको रिट सर्वोच्चले बाँकी राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्