सयौं केटी बेचेको अभियोग लागेका कांग्रेस नेता सुनबहादुरलाई काठमाडौं झिकाइयो



काठमाडौं । तीन वर्षदेखि फौजदारी मुद्धाका क्रममा अदालतवाट तारेख लिदै आएका नुवाकोटको दुप्चेश्वर गाउंपालिकाका निर्वाचित वडाध्यक्ष सुनवहादुर तामाङलाई पक्राउ आवश्यक अनुसन्धानका लागि काठमाडौ ल्याइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले नुवाकोटको पुर्वी भेगमा रहेको दुर्गम घ्याङफेदीका वडाध्यक्ष सुनवहादुर तामाङलाई गाउँवाटै पक्राउ गरि थप अनुसन्धानका लागि काठमाडौ ल्याएको प्रहरीले जनाएको छ ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको दुप्चेश्वर गाउंपालिका वडा नं. १ का निर्वाचित वडाध्यक्ष ४९ वर्षिय सुनवहादुर तामाङ मानव वेचविखन तथा ओसारपसारको आरोपमा मुद्धा खेपिरहेकोमा उनलाई सिआइविको टोलीले पक्राउ गरेर काठमाडौ महाराजगन्ज ल्याएको हो । तामाङले मानव वेचविखन गरेको आरोपमा गत २०७१ साल वैशाख ५ गतेदेखि नुवाकोट जिल्ला अदालतमा मुद्धा खेपिरहेका थिए । गत वैशाख ३१ गतेको निर्वाचन अगावै मानव वेचविखन मुद्धा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर निर्वाचित भएको रहस्य खुलेको हो ।
सो मुद्धामा तामाङले नुवाकोट जिल्ला अदालत विदुरमा आफैं उपस्थित भएर मासिक रुपमा पेशी लिइरहेका थिए । तामाङको अर्को तारेख यहि पुष ११ गते मंगलवार रहेको थियो । स्थानीय तहको निर्वाचनमा तामाङ दुप्चेश्वर गाउंपालिका वडा नं. १ घ्याङफेदीवाट तीनसय ८८ मत ल्याएर वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फवाट निर्वाचित भएका थिए । नाम परिवर्तित ३७ ले सुनवहादुरसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी वनाएर मुद्धा दायर गरेका थिए । १० महिना अगाडि पक्राउ परेका तामाङ ६ लाख रुपैया धरौटी वुझाएर छुटेका थिए ।
उनि पक्राउ परेसँगै
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नुवाकोटमा शून्य नतिजाबाट पीडित नेपाली कांग्रेसलाई अर्को झड्का लागेको छ । उनको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधिन रहेको छ । मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तमाङलाई कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो । घ्याङ्फेदिबाट बिक्रि भएका चार सय केटीसँग उनको नाम जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी नै दिएका छन । सुनबहादुरका छोरा यही मुद्दामा कारागारमा छन । स्थानीयका अनुसार उनका दुइ श्रीमतीसमेत इण्डियामै रहेका छन ।

प्रतिक्रिया दिनुहोस्