पाँचौ बागलुङ महोत्सवको प्रतिटिकट तिन रुपैया पत्रकार महासंघलाई



सिर्जना पन्त, बागलुङ । मेला र महोत्सवको जिल्लाको रुपमा चिनिने बागलुङमा बागलुङ महोत्सव चैत महिनामा गरिने गरेको भएपनि चैत्राअष्टमी मेला र बागलुङ महोत्सव फरक फरक प्रकृतीका मेला र महोत्सव भएको भन्दैं आयोजकले यो वर्षबाट महोत्सव पुष महिनामा गर्न थालेको छ ।
महोत्सवको लागि विभिन्न बैङक तथा वृत्तिय संघ संस्थाहरु प्रयोगजन गरिरहेको समयमा आयोजक उद्योग बाणिज्य संघले महोत्सवले प्रत्येक एउटा टिकटबाट ३ रुपैया पत्रकार महासंघ बागलुङ शाखालाई दिने निर्णय गरेको छ । आयोजक, धौलागिरि बहुमुखी क्याम्पसका विदार्थी, पत्रकार, सरोकारवाला संघ संस्थाका प्रतिनिधिको लागि गेट पासको व्यवस्था गरिने भएको भएपनि सर्वसाधारणको लागि महोत्सव स्थलमा प्रवेश गर्नको लागि ६० रुपैयाको टिकट काटनु पर्ने आयोजकले बताएको छ ।
पुष १४ गतेदेखि २३ गतेसम्म धौलागिरी बहुमुखी क्याम्पसको प्राङगणमा आयोजना हुन थालेको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा पाँचौ बागलुङ महोत्सको आन्तरिक र व्याह्य गरि करिब ३ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले जिल्लामा आयोजना गरिने मेला र महोत्सव जिल्लाकै उद्योग, व्यवसाय, प्रर्यटन र विकसको लागि भएको भन्दैं सबैको सरोकारको निकाय नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले भवन निर्माण गर्न लागेको समयमा उद्योग वाणिज्य संघको तर्फबाट पत्रकार महासंघलाई सहयोग स्वरुप प्रतिटिकट तिन रुपैया दिने निर्णय गरिएको बताउँनुभएको छ ।

आयोजकले महोत्सवको ८० प्रतिशत भन्दा बढी तयारी पुरा भईसकेको बताउँदैं बागलुङ जिल्लालाई पर्यटकीय नगरी बनाउने, स्थानिय उद्योग धन्दाहरुको प्रबद्धन गर्ने र जिल्लालाई एक पर्यटर्कीय गन्तव्यको विकास गर्ने मुख्य उद्देश्य रहेको बताएको छ । महोत्सवको दिन नजिकिदै गर्दा बागलुङ बजारमा चहलपहल समेत बढ्दै गएको छ भने तुल व्यानर ले बजारलाई झकिझकाउ पार्न थालिएको छ । महोत्सवका क्रममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकाम नजिकै रहेको कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होमस्टे गाउँ भकुण्डे लगायत पर्यटकीय सम्भावना बोकेका स्थानमा लाइट हेली मार्फत दृश्या अवलोकन गराउने व्यवस्थाका साथ तयारी गरिएको बताइएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्वारा सांगीतिक कार्यक्रम, डिजे लाइभ कन्र्सट लगायत मुख्य आकर्षणको रूपमा राखिएको छ । यस्ता खाले महोत्सवले बागलुङ जिल्लाको आर्थिक तथा पर्यविकास हुने सरोकारवालाहरु बताउछन् । महोत्सवमा १ सय ८० वटा विभिन्न प्रकारका स्टल रहने छन् । महोत्सवको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीवाट हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्