खोटाङको बाक्सिला बजारमा आगलागी, दर्जन टहरा नष्ट



रामधन राई, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ मा पर्ने ऐतिहासिक बाक्सिला बजारमा आगलागी हुँदा दर्जन टहरा नष्ट भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्यापारिक केन्द्रमा पुस्तौंदेखि लाग्दै लाग्दै आएको बुधबारे बजारमा बुधबारकै रात आगालागी हुँदा व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढि टहरा जलेका छन् ।
राती २ बजे आगलागीको विषयमा थाहा भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षती हुनबाट जोगाइएको केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो । आगलागीका कारण खुल्न सकेको छैन । गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो सुरु भएको पाइएकाले घट्नालाई स्थानीयले शंकास्पद मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्