डकैति गर्न जादै गरेको अवस्थामा हतियार सहित ६ पक्राउ



गोकुल घोरसाइने, बारा । प्रहरीले डाकाजनी गर्न जादै गरेको अवस्थामा डाँका हरुको एउटा समुहलाई हतियार सहित बाराको कोल्हवी नगरपाकिलाकाबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले भारतको बिहार स्थित सीतामढी ग्राम पञ्चायत बिसनपुर गोनाही वडा नं.१ बस्ने ३१ वर्षिय अशोक भनिने पप्पु सहनी, सोही ठाउँका २८ वर्षिय प्रमोद भनिने दिनेश दास, भारत विहार सितामढी ग्राम पञ्चायत सोनवर्षा वडा नं.७ घर बताउँने ३० वर्षिय रमेश भनिने संजय साह, नेपालको सर्लाही जिल्ला मंलगवा नगरपालिका वडा नं.२ बस्ने २९ वर्षिय दिनेश कुमार साह सोनार, सर्लाही किसनपुर गाउँपालिका वडा नं.२ बस्ने ५० वर्षिय रामसेवक महरा, सर्लाही ईश्वरपुर नगरपालिका वडा नं.९ खुशीपुर टोल बस्ने ४२ वर्षिय जगत महरालाई मंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुबाट ३ थान नलकटुवा पेस्तोल, ७ थान गोली, र एक थान धारिलो हतियार समेत बरामद गरको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन आयोजना गरि मंगलबार हतियार सहित पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको थियो ।
प्रहरी उपरीक्षक राजकुमार बैदावारका अनुसार निजगढस्थित पुर्वपश्चिम राजमार्गको तामागढीबाट ना.१.ह.८०१५ नम्बरको टेम्पो चढेर कोल्हवीतर्फ आउदै गरेको अवस्थामा भलुवाहीखोरको सिम्रौनगढ–तामागढी सडकमा चेकजाँचको क्रममा प्रहरी टोलीले हतियार सहित उनीहरुलार्ई नियन्त्रणमा लिएको बताए । सर्लाहीको त्रिभुवनपुर भन्ने स्थानबाट बाराको कोल्हवी बजारमा डाकाजनी गर्ने उद्देश्यका साथ कोल्हवी आइपुगेको प्रहरीको भनाई छ । सो समुह पुर्वपश्चिम राजर्माग हुदै सर्लाहीको हरिवन , बागमती, रौतहटको चन्द्रनिगाहपुर र बाराको निजगढस्थित सुरक्षाकर्मीको निगरानी पार गर्दै करिव ५० किमी टाढाको कोल्हवी आइपुगेको थियो । उपरीक्षक बैदावारले १५ दिन अघि नै कोल्हवीमा डाकाजनी गर्ने योजना बनाएको उनीहरुबाट खुलेको पनि जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको उपरीक्षक बैदावारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्