ठूलो परिमाणको लागुऔषधसहित विदेशी पक्राउ



काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित विदेशी नागरिक पक्राउ परेका छन । विदेशी पक्राउसँगै तस्करले नेपालमा फर्मास्युटिकल्स लागु औषधको अवैध बिक्री वितरण एवं ओसार पसार हुँदै आएको रहस्य खुलेको छ । लागु औषध नियन्त्रण व्यूरोले कारोबार भईरहेको सुचनाको आधारमा विदेशी सहित लागुऔषध नियन्त्रणमा लिएको हो । भारतीय नागरिक रमेश कुमारलाई निजले चलाएको भारतीय नम्बर प्लेटको सेतो रङको स्कोर्पियो गाडी सहित कलंकीबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार कुमारले गाडीको पछाडिको सिटमा धर्के बुट्टा भएको प्लास्टिकको जेब्रा झोला भित्र विभिन्न पत्रिकामा लुकाएर राखेका थिए
नियन्त्रित लागु औषध नियन्त्रणका लागि लागु औषध नियन्त्रण व्युरोले २०७४ श्रावण महिना देखि हाल सम्म फर्मास्युटिकल्स नियन्त्रित लागु औषध १३ हजार १ सय ४६ एम्पुल तथा अवैध बिक्री वितरण एवं ओसार पसार गर्ने ३७ जना मानिस समेत पक्राउ गरिएको जनाएको छ ।त्यस्तै दुवई जान लागेका रसियन नागरिक बर्ष ३३ का पुरुष भिक्टर टाईग्यानोभलाई १ किलो भन्दा बढी चरेस सहित पक्राउ गरेको छ । त्रि.अ.बि.को प्रस्थान कक्षमा चेकजाँच तथा खानतलासी गर्दा निजको झोलाभित्र रहेको २ वटा डाबर च्यवनप्रासको बट्टा भित्र लुकाई छिपाई निकासी गर्न लागेको अवस्थामा लागु औषध चरेस १ किलो ४९१.५ ग्राम सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्