बंगलादेशको ढाकामा पढ्न गएकी नेपाली चेली मृत फेला



काठमाडौँ । बंगलादेशको राजधानी ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् । कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।

उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्