पाँचथरमा एक टोल एक ढोल अभियान शुरु



गणेश साम्पाङ, पाँचथर । छ बर्ष पहिला आफुहरुले शुरु गरेको “एक टोल एक ढोल, एक घर एक झण्डा”को किराती अभियान पाँचथरको सिदिनबाट शुरु भएमा साहित्यकार सगुन सुसारा निकै प्रसन्न हुनुहुन्छ यतिबेला
किरात राईहरुको पहिचान बोकेको संस्कृति साकेला नाचमा प्रमुख बाजाको रुपमा बजाइने ढोल हराउँदै गइ रहेको समयमा पाँचथरको फालेलुङ गाउँपालिका वडा न ६ का प्रत्येक टोललाई आइतबार एक कार्यक्रमका बिच ढोल र भ्mयाम्टा बितरण गरिएको छ । सो वडामा पर्ने साबिक सिदिन गाबिसका २ देखि ९ सम्मका वडालाई एक/एक थान ढोल भ्mयाम्टा र १ न वडालाई दुई टोलमा बिभाजन गरी जम्मा १० थान ढोल र १० थान भ्mयाम्टा बितरण गरिएको किरात राई यायोक्खा गाउँ कार्य समिती सिदिनका अध्यक्ष रमेश राईले बताउनु भयो ।

हामी सित गत बर्षको साबिक गाबिस हुदाको आदिबासी जनजातीहरुको शिर्षकमा छुटेको बजेट थियो त्यही बजेटबाट हामीले यो काम गरेका हौं । अध्यक्ष राई बताउनुहुन्छ ।
किरात राईहरुको पहिचान बोकेको संस्कृति साकेला हराउँदै गई रहेको छ । हामीले ६÷७ बर्ष पहिला साकेलालाई प्रत्येक राई बस्तिमा पु¥याउनु पर्छ भनेर एउटा अभियान शुरु गरु गर्ने निर्णग ग¥यौं तर त्यस बेला त्यो अभियानले मुर्त रुप लिन सकेन तर अहिले त्यो कार्यक्रम साथीहरुले शुरु गरेका छन खुशी लाग्यो साहित्यकार सुसारा भन्नुहुन्छ । त्यस बेला म यायोक्खा पाँचथरको सचिव थिएँ हामीले किरात राईहरुको बाक्लो बस्ति रहेको प्रत्येक टोलमा एउटा ढोल र प्रत्येक राईहरुले आप्mनो घरमा किरात राई यायोक्खाको झण्डा गाड्नु पर्छ भनेर एक टोल एक ढोल एक घर एक भण्डाको अभियान शुरु गर्ने निर्णय ग¥यौं तर त्यस बेला ढोल बनाउने मान्छे नपाइएको र अन्य कारणले त्यो अभियान अगाडी बढ्न सकेन अहिले सो अभियानले मुर्त रुप पायो त्यसैले म खुशी छु वहाँ भन्नुहुन्छ ।

हुनत यो ढोल र भ्mयाम्टा बितरण कार्यक्रम हेर्दा सामान्य जस्तो लाग्छ तर यो कार्यले किरात राई जातीहरुमा सस्कृति संरक्षण हुने कार्यमा महत्वपुर्ण स्थान राख्छ किरात राई यायोक्खा केन्द्रिय समितीका सदस्य इरुप राई भन्नुहुन्छ । सिदिनले गरेको यो अभियानलाई अन्य जिल्लाले पनि सिक्नु पर्छ । यो कार्यले खास गरी किरात राई जातीहरुमा आएको धार्मिक बिचलन रोक्ने र आप्mनो पहिचान स्थापित गर्ने दरबिलो आधार समेत भएको वहाँ भन्नु हुन्छ ।

यायोक्खा सिदिनले टोल टोलमा ढोल भ्mयाम्टा बितरण गरेको यो कार्यलाई हामी अन्य गाउँकार्य समितीमा अभियानको रुपमा लान्छौं यसले खास गरी राई जातीमा सांस्कृतिक चेतना बढ्ने छ किरात राई यायोक्खा पाँचथरका सहसचिव राजेन्द्र राई भन्नुहुन्छ ।
राज्यको मुलधारमा समेटिन नसकेका आदिबासी जनजातीहरुका लागि राज्यले दिएका सुबिधाबाट संस्कृति बचाउने कार्यमा लगाउनु स्वागत योग्य कुरा हो । किरात राईहरुले गरेको यो कार्यले राई जातीको संस्कृति जोगिने कार्य संगै यसले देशकै एउटा संस्कृति बाँच्दछ । राईहरुले मात्र होइन गुरुङ,मगर, बाहुन, क्षेत्री सबैले आ–आप्mनो संस्कृति बचाउने कार्य गर्नु पर्दछ यो देशको पहिचान हो नेपालको एउटा चिनारी हो । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिञ्जी शेर्पा भन्नुहुन्छ ।

आजका युवा पिडीले आप्mना भाषा संस्कार संस्कृति बिर्सन्दै गई रहेको समयमा आप्mनो संस्कृति बचाउनका लागि राई जातिले थालेको यो अभियानले मुर्त रुप पावोस फालेलुङ गाउँपालिका वडा न ६ सिदिनका अध्यक्ष सुजता राई भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्