राजधानीको टोखामा गोली चल्यो, घाँस काट्न गएकी एक महिला घाइते



नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँमा स्थित टोखानजिकैको जंगलमा गोली चल्दा घाँस काट्न गएकी एक महिला घाइते भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। घाइते महिलालाई ग्र्याण्डी अस्पताल पुर्‍याइएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले घटनाको विस्तृत विवरण आइनसकेको बताएको छ। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्