कालोपत्रेको तयारीमा डोटी बिमान स्थल



विमल विष्ट, डोटी । लामो समय देखी जहाज नचल्दा गौचरणमा परिणत भएको डोटीको दिपायल विमानस्थल पछिल्लो समय कालोपत्रेको तयारीमा रहेको छ । यो बिमान स्थल सञ्चालनका लागि प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आलेमगरको पहलमा सरकारले ८ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै कालोपत्रेको काम सुरु भएको हो । निर्माण कार्य २४ महिनाभित्र सक्नेगरी ठेक्का सम्झौता भए संगै यो बिमान स्थल कालोपत्रेको काम सुरु भएको हो । शसस्त्र द्धन्द्धको समय सम्ममा यो बिमान स्थल सञ्चालनमा रहदै आएपनि ०६२ साल देखि यात्रु अभाबको कारण देखाई यो बिमान स्थल पूर्ण रूपमा बन्द थियो ।
आगमी २०७५ असार महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुसार सप्ना ग्याल्भा जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाखमा काम गर्ने जिम्मा लिएको हो । उक्त कन्ट्रक्सनले अहिले आफनो काम तिब्र गतीमा गरीरहेको छ । उक्त निमार्ण कम्पनीका हर्कबहादुर शाहले कटिङ र फिलिङको काम सकिएको र यहि पुष १५ गते देखी सब बेस मिलान गरी कालोपत्रेको काम सुरु गरिने बताउनु भयो । उहाँले भन्नु भयो ‘मेसिनमा आएको खराबीका कारण केही दिन काम रोकिएपनि हाम्रो सब बेस मिलानको काम करिब करिब अन्तिम चरणमा पुगेको छ,पुष अन्तिम साता बाट हामी कालोपत्रेको कामको सुरुवात गर्छौ ।’ पर्यटकीय सम्भावना बोकेको डोटीको खप्तडलगायत अन्य छिमैकी जिल्लाहरुमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रमा पर्यटक भित्र्याउन यो विमानस्थलहरू निकै सहयोगी हुने दिपायल का स्थानिय तथा पुर्व नगरउप प्रमुख घनस्या पाठकले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘यो बिमानस्थल सञ्चालनमा आएसंगै यहाँ पर्यटक भित्रयाउन सके डोटी लगायतका अन्य जिल्लाहरुको राम्रै बिकास हुने छ ।’ सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थल पछिको विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा रहेको डोटीको दिपायल विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्लाबाहिर जाने र सिकिस्त बिरामीलाई निकै मर्का परेका छन् । पर्यटन प्रवद्र्धनका लागि मेरुदण्डका रूपमा यो विमानस्थललाई लिइएकाले पनि छिटो सञ्चालन हुने गरी काम हुनु पर्ने हाटेल ब्यबसायी संघ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले बताउनु भयो । यो बिमानस्थलको काम असार सम्म सकि सक्ने गरी काम सुरु भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्