प्रदेश नं ७ को राजधानी पहाडमा



विनोद सिंह विष्ट, बैतडी । प्रदेश नम्बर सातको राजधानी कहाँ बनाउने भन्ने बहस भईरहेका बेला पहाडी क्षेत्रका बुद्धिजीवी, राजनीतिककर्मी र स्थानीयबासीले पहाडमै राजधानी बनाउनुपर्छ भन्नेमा जोड दिएका छन् । पहाडबाट मानिसको बसाईसराई तराईमा अत्यधिक भईरहेकाले बसाईसराई रोक्न र पहाडी क्षेत्रको सम विकासका लागि पनि पहाडमै राजधानी हुनुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो ।
पहाडी क्षेत्रमा विकास गर्न र पहाड र तराईको सम्बन्धलाई बलियो बनाउन पहाडमै राजधानी बनाउनुपर्ने वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले बताउनुभयो । माओवादीका प्रभावशाली नेता लेखराज भट्टले कैलालीको अत्तरीयालाई प्रदेश राजधानी बनाउनुपर्छ भनिरहेका बेला माओवादी केन्द्रबाटै विजयी भएका बैतडी प्रदेशसभा १ का सांसद प्रेमप्रकाश भट्टले पहाडमै राजधानी बन्नुपर्ने बताउनुभयो । तराईको उर्वर भूमीलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने र पहाडलाई राजधानी बनाएर पहाडी क्षेत्रलाई विकासको मूलधारमा ल्याउनुपर्छ उहाँले भन्नुभयो“ठाउँको बिषयमा छलफल गरेर अघि बढ्न सकिने भन्दै उहाँले अहिलेलाई पहाडी क्षेत्रमा राजधानी नबनाए पहाड राज्यबाट सधैं ठगिनेछन”
पहाडबाट भईरहेको अत्यधिक बसाईसराई रोक्न पनि पहाडमै राजधानी हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
फेरी पनि प्रदेश नम्बर सातको राजधानी तराईमै बनाउने कुचेष्टा भए पहाड इतिहासमा सबैभन्दा बढी ठगिने बैतडी प्रदेश सभा ख का सांसद लिलाधर भ्टटकोे भनाई रहेको छ ।
प्रदेश नं ७ का ९ जिल्लामध्ये ७ वटा जिल्ला पहाडी क्षेत्रमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्