गाउँको बिद्यालयमा सभाकक्षको शिलन्यास



नेपाल समाचारपत्र, पर्वत । पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरीले आफ्नै जन्मथलोको बिद्यालयमा सुबिधा सम्पन्न सभाकक्ष भवन शिल्न्यासबाट बिकास निर्माणको पहिलो कामको शुरुवात गरेका छन ।
प्रतिनिधीसभा सदस्य गिरीले कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माबिमा सुबिधा सम्पन्न सभाहल निर्माणको शिलन्यास गरेका हुन । प्रतिनिधीसभा सदस्य गिरी र प्रदेससभा सदस्य नेत्र अधिकारीले भवनको संयुक्त रुपमा शिलन्यास गरेका थिए ।
बिद्यालयहातामा निर्माण हुने सभाहलमा ४ सय जना सहभागि अटाउने बिद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमले बताए । करिब १ करोडको लागतमा बन्ने सभाहलका लागि साँसद गिरीकै पहलमा शिक्षा मन्त्रालयबाट २० लाख बिनियोजन भएको छ भने कुस्मा नगरपालिका, जिल्ला शिक्षा कार्यालय र थप आर्थिक स्रोत संकलन गरि भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।
प्रतिनिधीसभा सदस्य गिरी उक्त बिद्यालयका पुर्ब बिद्यार्थी हुन भने बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष समेत भएका थिए । आफुँले पढेको र ब्यबस्थापन समितिको अध्यक्ष भएर काम गरेको बिद्यालयबाट बिकास निर्माणको कामको शुरुवात गरेका गिरी सभाहल समयमा नै पुरा गर्न आफुँले पहल गर्ने बताए । सोही अवसरमा प्रतिनिधीसभा सदस्य गिरी र प्रदेससभा सदस्य अधिकारीलाई बिद्यालयले सम्मान समेत गरेको थियो । बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष शान्ति पाध्या देवकोटाले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्