निर्वाचन प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न आतुर छौँ: नेता सिंह



काठमाडौँ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुुुसार नियम पु¥याएर काँग्रेसले सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

“काँग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,” उहाँले भन्नुभयो । सत्ताका लागि काँग्रेसले लोभ गरेको होइन तर सरकारमै विनाविभागीयमन्त्री बनेर बसेका दलका नेताहरुले काँग्रेसलाई नैतिकताको पाठ सिकाएकामा नेता सिंहले आश्चर्य व्यक्त गर्नुभयो ।

प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्