अध्यादेशबारे छलफल गर्न ओली र प्रचण्ड शीतलनिवासमा



नेपाल समाचारपत्र, काठमाडौँ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली राष्ट्रपति भवन शितनिवास पुगेका छन् । प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेपनि राष्ट्रिय सभा गठनको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न ढिलाई गरेपछि प्रचण्डका साथमा ओली राष्ट्रपतिलाई भेट्न गएका हुन्। ओलीका साथमा पूर्व सभामुख सुवास चन्द्र नेवाङ पनि रहेको बताइएको छ ।

आफ्नो जिम्मेवारी राष्ट्रिय सभाको पनि निर्वाचन गराउनु रहेको बताउँदै प्रधानमन्त्री देउवा सत्ता हस्तान्तरण गर्न चाहिरहेका छैनन् भने वामगठबन्धनले सरकार गठनका लागि राष्ट्रिय सभाको जरुरत नभएको बताउँदै आएको छ।

राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश सरकारले राष्ट्रपति कार्यालयमा बुझाएको छ, जसमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने उल्लेख छ। एमालेले यो व्यवस्था स्वीकार गरेको छैन।

नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश स्वीकृत गर्नु बाहेकको विकल्प राष्ट्रपतिसँग नभएको बताउँदै आएको छ। राष्ट्रपति भण्डारीले भने सहमति जुटाएर ल्याएमात्र अध्यादेश स्वीकृत हुने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्