नयाँ सरकारसँगै केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई तीब्रता दिने चिनियाँ संकेत



काठमाडौँ । चीनले वाम गठबन्धनको आगामी सरकाको पालामा देशले स्थिरता र प्रगति हाँसिल गर्ने जनाएको छ । चीनको ग्लोबल टाइम्स दैनिकले मंगलबारको अंकको पृष्ठ १५ को एसिया रिभ्यु पेजमा नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिरता र प्रगति हुनेमा विश्वास लिएको छ । उसले केरुङ–काठमाडौं रेलमार्ग निर्माणले समेत तीब्रता पाउने उल्लेख गरेको छ । नेपालको एक असल मित्रका रुपमा चीनले विकास र समृद्धिका लागि विगतमा केपी ओली नेतृत्वको सरकारले अघि सारेका योजना सकार पार्न सहयोग गर्ने र वाम गठबन्धनको सरकारसँग हातेमालो गर्ने जनाएको छ । उक्त समाचारमा नेपाल र चीनलाई रेलसँग जोड्ने ओलीको महत्वाकाँक्षी परियोजना अघि बढाउनेसँगै अरनिको राजमार्ग, स्याप्रुवेंशी–रसुवागढी मार्गको स्तरोन्नति गर्ने र खासा–तातोपानीमा सुख्खा बन्दरगाह बनाउने परियोजना पनि तीब्र गतिमा अघि बढाउने बताएको छ । भारतले वाम गठबन्धनलाई चीनको सहयोग रहेको भनेर भ्रम फैलाएको भन्दै चिनियाँ अखवारले आक्रोश पनि पोखेको छ । उसले ओलीको नेतृत्वमा अव बन्ने सरकारलाई विनाशर्त चीनको पूर्ण सहयोग रहने समेत जनाएको छ । साथै भारतलाई पनि नेपालको विकासमा सहयोग गर्न चीनसँग सहकार्य गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्