सारदा विष्टलाई पाल्ने कुखुरा



विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटकी ३५ बर्षिय सारदा विष्टले कुखुरा पालन ब्यबसाय बाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । उहाँले एकबर्ष पहिले देखी उक्त ब्यबसाय सुरु गर्नु भएको हो । कुखुरा ब्यबसाय बाट फाईदा भएको रकमले उहाँले एक छारी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रै संग धान्नु भएको छ । एक बर्ष पहिले अपांग सेवा संघ सिलगढी डोटीले दशहजारका उन्नत जातका कुखुराका चल्ला र दशहजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफुले उक्त ब्यबसाय सुरु गरेको कुखुरा ब्यबसायी सारदा विष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘पहिले म घास दाउरा काट्न र खेती वारीकै काममा सिमित थिए, अपांग सेवा संघले कुखुराका चल्ला र खोर बनाउन रकम दियो,अहिले ब्यबसाय सुरु गरे राम्रै आम्दानी भएको छ,मेहनेती पनि भएकी छु ।’ हिजो आज कुखुरा किन्नेहरु उहाँकै फर्ममा पुग्ने गरेको उहाँको दाबी छ । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नु पर्ने समस्या नभएको उहाँले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘चिसो मौषम सुरु भएको छ,लोकल कुखुराको सुप खान ग्राहकहरु बढी रुचाउने भएकाले कुखुरा किन्न फर्ममै धाउन थालेका छन् ।’ उहाँले लोकल कुखुरा जिउदो प्रतिकिलो ६ सय रुपियाका दरले बिक्रिगर्दै आउनु भएको छ । उक्त ब्यबसाय बाट मासिक १५ देखी २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उहाँले बताउनु भयो ।
अन्य ब्यबसाय भन्दा कुखुरा पालन ब्यबसाय सस्तो र सुलभ भएको भन्दै उहाँले भन्नु भयो ‘अन्य ब्यबसाय भन्दा कुखुरा पालन ब्यबसाय अप्ठेरो र झन्जटीलो छैन,अलिकती मेहनेत गरे राम्रै आम्दानी हुने गर्छ,मरे काम लाग्ने जिउदो काम लाग्ने ब्यबसाय यहिनै हो,घाटा हुदैन् ।’ उहाँको फर्मले कुखुराका चल्ला समेत उत्दान गर्दै आएको छ । अपांग सेवा संघ सिलगढी डोटीले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका बिभिन्न अपांगता भएका ब्यक्तिका घर परिवारहरुलाई आयआर्जनका लागि भन्दै सिलाई मेसिन,कुखुरा पालन ब्यबसाय,बाख्रापालन ब्यबसाय तथा घुम्तिकोषका लागि आर्थिक सहयोग दिदै आएको अपांग सेवा संघ डोटीकी कार्यक्रम संयोजक सिता राईमाझीले बताउनु भयो । उहाँले भन्नु भयो ‘गाउ घरमा रहेका आपंगता भएका ब्यक्तिहरुले अवसर र सिप पाए सपांगता भएका ब्यक्ति सरह काम गर्न सक्छन भन्ने उदेश्यले हामीले उहाँहरु लाई बिभिन्न सिप मुलक तालिम, मेसिन र ब्यबसायका लागि आर्थिक सहयोग दिदै आएका छौ,डोटीमा सबैले राम्रै आम्दानी गरेको हामीले पाएका छौ ।’

प्रतिक्रिया दिनुहोस्