नवनिर्वाचित सांसद बधाइ थाप्न घरदैलोमा



कालीवहादुर मल्ल, कालिकोट। मंसिर १० र २१ गते सम्पन्न प्रतिनीधि सभा तथा प्रदेशसभाका विजयी सांसदहरु मतदातालाई धन्यवादका साथै वधाइ थाप्न घरदैलो अभियानमा जुटेका हुन् । प्रतिनिधीसभा सांसद दुर्गवहादुर रावत र प्रदेशसभा सांसद कुर्मराज शाहीले समोवार खाडाचक्र नगरपालिकाको सेरावडा,दशला हुदै पाँखा गाउँका घरघरमा पुगेर बधाई तथा सम्मान थापिरहेका छन् । निर्वाचित भए लगत्तै तिलागुफा नगरपालिका चिल्खाया गाउवाट सुरु गरिएको घरदैलो अभियान निरन्तर चलिरहेको छ ।
प्रदेश नंम्वर ६ को मुख्यमन्त्री दावी गरिरहेका महेन्द्रबहादुर शाही निर्वाचित भए लगत्तै पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा तिन ठाउँमा मतदातासँग कार्यक्रम गरेर काठमाडौं लागेका छन् ।
निर्वाचन अघि घरदैलो सकेका उनीहरुले अहिले पनि कार्यतालिका नै बनाएर मतदाताको घरदैलोमा पुगिरहेका स्थानीयसँग राय सल्लाह सुझाव लिन लागेको नवनिर्वाचित प्रदेशसभाका सांसद कुर्मराज शाहीले बताए । ‘हामी जनताबाट चुनिएर आएका छौं ।’ उनले भने,‘वहाहरुको आवश्यकता राय सल्लाह र सुझाव लिन ब्यस्त रहेका छौं ।’
आफूलाई मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा गएर वहाँहरुलाई धन्यवाद दिने र मतदाता आर्शिवाद लिने काम भइरहेको प्रतिनीधिसभाका सांसद दुर्गबहादुर रावतले बताए । ‘चुनाव भन्दा अगाडीका दिनमा मत माग्दै जहाँ–जहाँ गइयो । अहिले त्यही ठाउँका मतदातासँग पुगेर आर्शिवाद लिने धन्यवाद दिने कार्यक्रममा ब्यस्त छु ।’ उनले भने,–‘निर्वाचनमा मैले गरेको बाचा पुरा गर्न जनताबाट सल्लाह लिने काम गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्