किन भेटे जापानी राजदूतले प्रधानमन्त्री देउवालार्इ ?



काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।

राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्