बुटवललाई प्रदेश केन्द्र वनाउनुपर्ने



कविराज नेपाल, पाल्पा । संघीय संरचना अनुसार प्रदेशसभाको निर्वाचन पछि प्रदेश सभाको केन्द्र तोक्ने विषयमा छलफल र वहस चलिरहेको र वुटवल वा दाङ्ग मध्ये एक ठाउमा केन्द्र तोकिने लगभग निश्चित भइसकेको सन्दर्भमा पाल्पाबाट निर्वाचित सांसद, पूर्व सभासद र विभिन्न पार्टीका प्रमुखहरुले वुटवललाई यस प्रदेशको केन्द्र तोक्न माग गरेका छन ।
एक विज्ञप्ती प्रकाशित गरी उनीहरुले प्रदेशको केन्द्र तोक्दा प्रसासनिक सुगमता,पूर्वाधारहरुको विकास,भुगोलको सुगमतालाइ ध्यान दिदा वुटवल नै उपयुक्त हुने हुनाले यही केन्द्र रहनुपर्ने माग गरेका हुन ।
पाल्पाबाट निर्वाचि प्रतिनिधी सभाका सदस्यहरु दलवहादुर राना र सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्यहरु युवराज खनाल, नारायण आचार्य,डा. पुरन वज्रचचार्य र तुलाराम घर्ति पुर्व सभासद र सांसदहरु यादववहादुर रायमाझी, कुलप्रसाद नेपाल,नारायणी शर्मा, लिलाकुमारी सोमै, राधाकृष्ण कँडेल लगायत नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमोर्चा नेपाल,राष्टिय प्रजातन्त्रपार्टी(प्रजातान्त्रिक) तथा जिल्ला समन्वय समितीका अध्यक्ष दयाराज वस्याल र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले संयुक्त विज्ञप्ती गरी यस्तो माग गरेका हुन ।
विज्ञप्तीमा वुटवल अन्तंराष्ट्रिय विमान स्थल, औधोगिक विकास,सुगमता पर्यटकीय क्षेत्र समेत भएकोले यही नै केन्द्र उपयुक्त हुने हुनाले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गरिएको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा वुटवल वा दाङ्ग मध्ये कहा प्रदेशको केन्द्र वनाउने विषयमा अलग अलग धारणा आएको र लुम्विनी क्षेत्रकाले वुटवल र राप्ती अंचलका जिल्लाबाट दाङ्ग केन्द्र राख्ने विषयमा मतान्तर छ । अवको प्रदेशसभाको वैठकबाट यसको टुंगो लाग्ने भएता पनि केन्द्र यही पर्ने हुनाले यहाका धेरैजसो व्यक्तिले वुटवललाइ केन्द्र तोक्नुपर्ने माग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्