दुई करोडको लागतमा सामुदायिक भवन



दुर्गाप्रसाद शर्मा, पर्वत । र्पटकीय क्षेत्र पञ्चासेको काखमा रहेको होमस्टे सञ्चालित पर्वतको आर्थर डाडाँखर्कमा सुबिधा सम्पन्न सामुदायिक भवनको निर्माण कार्य शुरु भएको छ ।
कुस्मा नगरपालिका वडा नं १४ को बड्गाउँमा २ करोड रुपैयाको लागतमा स्थानिय आमा समुहले सुबिधा सम्पन्न भवन निर्माण कार्य शुरु गरेको हो ।
स्थानिय पञ्चासे आमा समुहले निर्माण शुरु गरेको भवनमा सुबिधा सम्पन्न तालिम र सेमिनार हल, चार वटा अतिथिका लागि आवास कोठा, चार वटा स्टोर सहितको सुबिधा हुने छ । आमा समुहहरुले अहिले सम्म कार्यक्रम सञ्चालन गर्ने भवन बनाउँदै आएको पर्यटक र गाउँमा आउने पर्यटकको सुबिधालाई लक्षित गरि सामुदायिक भवन निर्माण शुरु गरिएको समुहकी अध्यक्ष बिष्णुकुमारी गुरुङ्गले बताइन । ‘अहिले सम्म कुनै पनि गाउँमा यो सुबिधा सहितको भवन निर्माण भएको देखिएको छैन’ उनले भनिन ‘भवन निर्माण गरि सकेपछि गाउँमा सबै सामाजिक कार्य, पर्यटकलाई स्वागत तथा जिल्लाका तालिम तथा गोष्ठी पनि सञ्चालन गर्न सकिने छ’ भवन निर्माणका लागि कुस्मा नगरपालिका, नेपाल सरकार संग अनुदान माग्नुका साथै स्थानिय समाजसेवी तथा बैदेशिक रोजगारीमा गएका शुभेच्छुकहरुबाट चन्दा संकलन गर्ने लक्ष्य राखिएको उनले बताइन ।
आर्थर डाडाँखर्कमा होमस्टे सेवा पनि शुरु भएको छ । तालिम हल र सामुदायिक भवन निर्माण पछि कुस्मा बजारमा चल्ने तालिमहरुलाई त्यहाँ लैजान सकिने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए। ‘नगरपालिका भित्र रहेको पर्यटकीय गाउँमा सुबिधा सम्पन्न ह लबनेपछि नगरका धेरै कार्यक्रमहरु त्यहाँ सञ्चालन हुन सक्छन’ उनले भने ‘भवन सम्पन्न गर्न नगरपालिकाको आर्थिक भौतिक र नैतिक सहयोग सबै रहन्छ ।’
यसैबिच सामुदायिक भवनको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, अर्थ मन्त्रालयका पुर्ब प्रेस सल्लाहकार त्रिभुवन पौडेल र भवनका लागि जग्गादाता बिरबिक्रम गुरुङ्ग गुरुङ्गले संयुक्त रुपमा शिलन्यास गरे । भवन शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले कुस्मालाई पर्यटकीय नगरको रुपमा बिकास गर्न पञ्चासे र आर्थरको पर्यटकीय पुर्वाधार निर्माणमा सहयोग गर्र्ने आश्वासन दिए । अर्थ मन्त्रालयका पुर्व प्रेस सल्लाहकार त्रिभुवन पौडेलले भवन निर्माण सम्पन्न गर्नका लागि आर्थिक सहयोग संकलन गर्न सहयोग गर्ने आश्वासन दिए । उनी अर्थ मन्त्रालयमा हुँदा महिला बालबालिका मन्त्रालयबाट बजेट बिनियोजन गराउन समेत सहयोग गरेका थिए । जग्गादाता बिरबिक्रम गुरुङ्गले आर्थरबासीहरु मनकारी भएकाले भवन निर्माणका लागि पर्याप्त आर्थिक सहयोग जुट्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, कावा वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ्ग, पञ्चकोशी आर्थर डाडाँखर्क समाज पोखराका अध्यक्ष लालप्रसाद गुरुङ्ग, उपाध्यक्ष कमल गुरुङ्ग, सहसचिब गान्धी गुरुङ्ग लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । पञ्चासे आमा समुहकी अध्यक्ष बिष्णुकुमारी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन भवन निर्माण समितिका संयोजक ओमकार गुरुङ्ग र स्वागत भवन निर्माण समितिका सचिब रामकृष्ण गुरुङ्गले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्