प्राचीन शव प्राप्त



कायरो, (एजेन्सी)
इजिप्टको आस्वान शहरनजिक हालै फेला परेका केही प्राचीनतम पुरातात्विक वस्तुमध्ये तीन हजार वर्षभन्दा पुराना बालकका चारवटा सग्लो शव पनि रहेको सरकारी अधिकारीहरुले बताएका छन्। पुरातत्व मन्त्रालयका अध्यक्ष डा. आयमान अस्मावीले स्विडेनी र इजिप्सियाली टोलीले पत्ता लगाएको सो चिहानमा ती शवलाई ममी बनाउन प्रयोग गरिएको कपडा पनि दुरुस्त अवस्थामा रहेको बताएका छन्। यसैगरी उत्खननको क्रममा इजिप्सियाली र अस्ट्रियन टोलीले सो चिहानको केही भाग पत्तालगाउन विशेष योगदान दिएको थियो। अर्को स्विस टोलीले भने एक महिलाको प्राचीन मुर्ति पत्ता लगाएको छ।

प्रतिक्रिया दिनुहोस्