कुनै पनि समुदायले विभेदको महसुस गर्ने छैनन् ः ओली



नेपाल समाचारपत्र
भक्तपुर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब कुनै पनि जाति वा समुदायले आफू विभेदमा परेको महसुस गर्नु नपर्ने बताउनुभएको छ। सबै अल्पसंख्यक समुदायको संरक्षण सरकारले गर्ने ओलीले बताउनुभयो।

अध्यक्ष ओलीलाई बधाई दिन शुक्रबार आफ्नै निवास बालकोट आएको नेपाल जामे मस्जिद व्यवस्थापन समितिको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले विगतमा मुस्लिमलाई पनि मधेसीमा समूहमा राखेर त्यसको लाभ अरुले नै उठाउँदै आएको बताउनुभयो। ‘हामीले मुस्लिमलाई अलग पहिचान दिनुपर्ने भनेर छुट्टै समूहमा राखेपछि मुस्लिमले राज्यबाट प्रत्यक्ष लाभ लिन पाएका छन्।’

नेपालीहरूमा आपसी विश्वास र सद्भाव भएकै कारण जाति, धर्म र समुदायका बीचमा मिलेमतो भएको ओलीको भनाइ थियो। आगामी सरकारले सबै वर्ग र समुदायलाई समान व्यबहार गरेर राज्यको मूल प्रवाहमा समाहित गर्न सहयोग गर्ने ओलीले बताउनुभयो।

प्रतिनिधि तथा प्रदेशसभामा मुस्लिम समुदायबाट यथासक्य धेरै प्रतिनिधित्व गराउन आफ्नो पार्टी सकारात्मक भएको ओलीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्