‘बाबु सधै तिम्रो गलामा माला भरिुएको देख्न पाउँ’



अनिल खत्री गुल्मी । नेकपा एमाले सचिव गोकर्ण बिष्ट गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएको छैठौं दिन पुगेको छ । उमेद्वारको मनोनयन पछी जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान सुरु गरेका बिष्टले निर्वाचित भएपछि बिजयी सभा धुर्कोट गाउँपालिकाबाट संचालन गरेका थिए ।
यी दुवै अभियानमा उनले धेरैका आर्शिबाद र धेरै मतदाताको माया पाए । त्यसैले पनि उनी दोव्वर मतान्तरले बिजयी पनि भए । जहिले जुनसुकै कार्यक्रम र अभियानमा निस्किए पनि बृद्धबृद्धाको आर्शिबाद थाप्न सौखिन बिष्टको घरमा पनि ८८ बर्षिय बृद्धा आमा छन् ।
उनी जिल्ला आउँदा प्राय आमा नभेटि फर्किदैनन् । छोरासँगै मतदान गरेकी आमालाई छोरो बिजयी बनेको हेर्न र सुन्न हतार थियो । उनलाई बिजयी भएको खबर त्यहि दिन नै परिवारका सदस्यले सुनाइसकेका थिए । तर पनि आमालाई छोराको रंगिन अनुहार सुमसुम्याउने रहर बाँकी नै थियो ।
बिहिबार बिजयी बनेपछि इस्मा गाउँपालिकाका विभिन्न स्थानमा मतदातासँग खुसी साट्न पुगेका बिष्ट आमा भेट्न घर पुगे । बिजय भएर घर आएको छोरालाई देखेर आमा चिन्ता कुमारी निकै खुसी भइन् । गलामा फुलमाला र ओठमा मुस्कान लिएर पुगेका उनले आमालाई भेटे र माला लगाएर ढोगे ।
छोराले माला लगाएर ढोगेपछि आमाको त्यो खुसी आफु भित्र अडिएन् ! दुवै हातले आँखा छोपेर रुदै भनिन भनिन,‘बाबु सधै तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ।’ त्यो दृश्यले संसद बिष्ट मात्र स्तब्ध भएनन्, उनीसंगै घरमा पुगेका एक दर्जन बढिको मन थामिएन् ।
धेरै कार्यक्रम संबोधन गर्ने चटारो लिएर हिडेका उनी केहिबेरमै आमासँग बिदा भएर फर्किए । २१ मंसिरमा इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रमा छोरासंगै मतदान गरेकी उनले छोरालाई प्रधानमन्त्री बनेको हेर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् ।
भोट नदिनेहरुलार्ई पछुतो हुने गरी काम गर्छौ
नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वा्चित प्रतिनिधी सभा सदस्य गोकर्ण विष्टले आफुले मत दिने र नदिने भनेर कुनै दिन कसैलाई पक्षपात नगर्ने बताएका छन् ।
बिजयी सभाका लागि इस्मा पुगेका उनले दोहलीमा संबोधन गर्दै अमुल्य मत प्रदान गर्ने तथा बिमती राख्ने सवैलाई धन्यबाद दिए । नेता बिष्टले विकासका लागि भोट दिनेहरुको माया र नदिनेहरुको खवरदारी आवश्यक पर्ने भएकाले सवैलाई आफुले सधै सम्मान गर्ने बताए ।
‘यो गलाको माला खुसी र जिम्मेवारीको हो,’ म दुवै ग्रहण गरिरहेको छु,‘उनले भने,‘भोलीको विकासले नै भोट नदिनेहरुलाई पछुतो हुनेछ ।’ उनले पुसको पहिलो वा दोस्रो साता बामपन्थी सरकार गठन र पार्टी एकता हुने भएकाले अब कसैको तागतले कम्युनिष्टहरुलाई नझुकाउने बताए ।
अझै पनि केहि शक्ति र पार्टीहरु एकता हुन नदिने खेलमा लागिरहेकाले थप योजना र गृहकार्यका साथ निशकर्षमा पुग्ने विश्वास व्यक्त गरे । आफुहरुसंग संविधान र स्थिर सरकार हुने भएकाले प्रत्येक नागरिकले प्रत्यक्ष अनुभुत हुनेगरी विकास गरिनेमा जोड दिए ।
बिष्टले अरु काम पनि संगसंगै अगाडी बढ्ने भएपनि स्थानीय तहसंगै आफुहरुले जिल्लामा खानेपानी, बिद्युत र सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले जनताले विकास र समृद्धिको पक्षमा भएकाले परिणाममुखि काम गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्